सन्धिखर्क पोलिक्लिनिक प्रालिले  दोश्रो बार्षिक उत्सबको अबसरमा माघ १३ गते निशुल्क विशेषज्ञ स्वास्थ शिबिर संचालन गर्ने (तस्बिर सहित )

spot_img

सन्धिखर्क – सन्धिखर्क पोलिक्लिनिक प्रालि ले आफ्नो दोश्रो बार्षिक उत्सबको अबसरमा यहीँ माघ १३ गते शनिबारका दिन बिशेष सहुलियतका साथ निशुल्क विशेषज्ञ स्वास्थ शिबिर संचालन गर्ने शुक्रवार आफ्नै पोलिक्लिनिकमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त स्वास्थ शिबिरबारे जानकारी गराएको थियो ।

शिबिरमा विशेषज्ञ चिकित्सक शुल्क निशुल्क , सुगर परिक्षण  निशुल्क , थाइराइट परिक्षण रु १२०० को ५०५ छुट गरि रु ६००,भिडियो एक्सरे सेवा ९०० को २५५ छुट गरि रु ६७५,डिजिटल एक्सरे ५०० को २५५ छुट गरि रु ३७५, भिडियो एक्सरेमा ४०० को २५५ छुट गरि रु ३००,अन्य प्रयोगशाला परिक्षणमा २५५ छुट ,औषधिहरु निशुल्क बितरण बाहेक किन्नु पर्ने भएमा ५५ छुट ,सधै औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई सहुलियत उपचार कार्ड बितरण औंषधिहरुमा ५५ र प्रयोगशाला जाचमा १०५ छुट  दिने उल्लेख गरिएको छ ।

प्रालिले सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ सेवाको भाबनाले शिबिर संचालन गर्न लागेको प्रालिका संचालक राजेन्द्र प्रजापतिले बताएका छन शिबिरमा मानसिक रोग विशेषज्ञ तथा काइनोलोजिस्ट डाक्टरहरु आउने बताइएको छ ।

प्रालिले केही दिनमै जिल्लाका छ वटै स्थानीयतहमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ शिबिर संचालन गर्न लागिएको उल्लेख गरिएको थियो । प्रालि लाई निबृत रास्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको समर्थन रहेको समाजका अध्यक्ष बिष्णु प्रसाद भुसालले बताएका छन् ।