सन्धिखर्क पाेलीक्लिनीक प्रा.लि. द्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित)

spot_img

-हिम लेकाली,अर्घाखाँची।

सन्धिखर्क – सन्धिखर्क पाेलिक्लिनीक प्रा. लि . ले आफ्नाे संस्थाकाे दाेस्राे वार्षिक उत्सवकाे अबसरमा १ दिने विशेष सहुलियत सहितकाे बिशेषज्ञ स्वास्थ्य शिविर सन्धिखर्कमा सम्पन्न गरेकाे छ ।

याे सेवा बाट अशक्त ,असहाय ,दिर्घराेगी ,जेष्ठ नागरिक लगायत धेरै बिरामीहरूले लाभ लिएका छन् । यस्ता शिविरहरू ले जनतालाई राहत पुग्ने भएकाेले जाे सुकै संस्थाले सन्चालन गरे पनि याे पूण्य कर्म साच्चिकै प्रसंसनिय भएकाे स्वास्थ्य जाँच गर्न आउनु भएका अर्घाखाँची आवासिय मा.वि. सन्धिखर्क बेलवाटिकाका प्रिन्सिपल चाेपनारायण बन्जाडेले बताउनु भयाे ।

शिविरमा लुम्बिनी सिटि अस्पताल बुटवलमा कार्यरत बरिस्ठ सुगर ,थाईराईड तथा हर्मोन राेग विशेषज्ञ डा. एस एन यादव र मानशिक राेग बिषेषज्ञ डा.राजेश श्रेष्ठ ले बिरामीहरूकाे जाँच र अर्घाखाँची अस्पताल प्रमुख डा, जगन्नाथ तिवारि र डा. अशाेक शाहले नर्मल सबै खाले बिरामीहरूकाे स्वास्थ्य परिक्षण गर्नु भएकाे थियाे । यसरी डाक्टर हरू संगै अाएकाे टिमले सि टि एल अाैषधि कम्पनीकाे सहयाेगमा निशुल्क अाैषधि समेत बितरण गरेकाे थियाे ।

याे शिबिरमा जिल्लाका विभिन्न भाग बाट अाएका बिरामि हरूले स्वास्थ्य जाँच गराएका थिए । दुई सय भन्दा बडि थाइराईड ,सुगरका बिरामि , मानशिक बिरामि ५५ , र अन्य बिरामि १०० भन्दा बडिले स्वास्थ्य जाँच गराएका थिए । शिबिरमा विशेषज्ञ चिकित्सक शुल्क निशुल्क , हरेक ल्याब परिक्षणमा ५० देखि २५ % छुट प्रदान गरिएकाे थियाे भने अाैषधि निशुल्क बितरण बाहेक किन्नु पर्ने भएमा ५% छुट गरिएकाे थियाे ।
निबृत राष्ट्र सेवक समाज नेपाल अर्घाखाँचीकाे सहकार्यमा सन्चालित याे शिबिरमा धेरै निबृत राष्ट्र सेवक स्वास्थ्यकर्मि र कार्य समितिका ब्यक्तिहरू काममा खटिनु भएको थियाे ।

याे शिविरमा सधै अाैषधी सेवन गर्नु पर्ने बिरामिहरू लाई सहुलियत उपचार कार्ड बितरण गरिएकाे थियाे ।एसरि सहुलियत उपचार कार्ड लिने काे संख्या १८९ पुगेकाे कार्ड ब्यबस्थापनमा खटिनु भएका राष्ट्र सेवक समाज का जिल्ला काेषाध्यक्ष नेता भुसालले बताउनु भयाे । यसरी कार्ड लिएका बिरामिहरूले अाैषधिमा ५% र प्रयाेगशाला जाँचमा १०% छुट दिइने बताईएकाे छ ।

यसरी निबृत राष्ट्र सेवक कर्मचारीहरूकाे साथ सहयाेग र सबै जिल्लावासि सन्धिखर्क बासिबाट न्यानो माया पाएर स्वास्थ्य सेवामा केही गर्ने प्रेरणा
मिलेकाे संस्थाका अध्यक्ष राजेन्द्र कक्षपतिले बताउनु भएकाे छ । उहाँले याे शिविर सन्चालन गर्न सहयाेग पुर्याउनु हुने सबै प्रति धन्यबाद ब्यक्त गर्दै संस्थाले अागामि दिनमा जिल्ला सबै केन्द्र भागहरूमा यसरी नै शिविर सन्चालन गर्ने बताउनु भयाे ।