शहिद दिबसको अबसरमा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न । (तस्बिर सहित)

spot_img

-रुद्रमणि भुसाल, अर्घाखाँची ।

सन्धिखर्क- शहिद दिबसको अबरमा आज मोती सामुदायिक पुस्तकालय सन्धिखर्क वार्ड न ४ वाङ्लामा नगरपालिका मा बि स्तरीय राजनितिक परिवर्तनमा शहिदको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

Open photo

शहिद दिबसको अबसरमा आयोजित बक्तृत्वकला प्रतियोतामा बोल्दै पुर्व जिल्ला समन्वय समिति प्रमुख पिताम्बर भुसााले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्य निष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

No description available.

भुसालले मोतिलाल भुसाल सहित मुलुकका निम्ति जीवन अर्पण गर्ने शहीद प्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्य लाभ सहित दीर्घ जीवनको कामना समेत गर्नु भएको थियो ।

No description available.

उनले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरू प्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नु भयो ।

No description available.

उक्त बक्तृत्वकला प्रतियोगितामा ग्रीन बोडिङ्ग स्कुल प्रथम , जीबनउद्धार माबि वाग्ला दितिय ,सनराइज बोडिङ्ग स्कुल तृतीय र चन्द्रप्रभा माबि सान्त्वना भएका छन् । प्रतियोगितामा ११ बिद्यालयको सहभागिता रहेको थियो ।

No description available.

प्रयोगितामा प्र्थम हुनेलाई २५ सय ,दितिय हुनेलाई १५सय ,तृतिय हुनेलाई १ हजार र सान्तना हुनेलाई ५ सय पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

No description available.

कार्यक्रममा दुबै वडाका अध्यक्ष र सदस्य उपस्थिति रहेको प्रतियोगितामा मोती सामुदायिक पुस्तकालयका अध्यक्ष कमल प्रसाद भट्टराइको अध्यक्षता ,सचिब मदन भट्टराइको संचालन र उपाध्यक्ष गंगाराम खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।

No description available.

मोती पुस्ताकालयले शहिद दिबसको अबसरमा सम्पुर्ण शहिदको सम्झनामा प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गदै आएको छ ।

थप तस्बिर: 

No description available.No description available.No description available.No description available.No description available.