अर्घाखाँची : नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा शुरु (तस्बिर सहित)

spot_img

-मेहर सिंह  केसी ,अर्घाखाँची। 

सन्धिखर्क- नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ । मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाइने बताउनु भयो ।

blog

समृद्ध नेपाल बनाउन पार्टी लागिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सहिदहरूले देखाएको सपना पूरा गर्न समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाउने काममा नेकपा (एमाले) ले कुनै कसर बाँकी राख्दैन ।”

May be an image of 9 people, dais, hospital and text

एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गर्ने ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेता कार्यकर्ताको स्तर हेरेर मात्र स्कुलिङ्ग सञ्चालन गछौँ, आधारभूत तहको स्कुल, माध्यमिक, उच्च, विशिष्ट तहको गरी चार तहका प्रशिक्षण सञ्चालन गछौँ ।”

एमालेबाट हरेक तहमा उम्मेदवार बन्न प्रमाणपत्र पेश गर्र्नुपर्ने कार्य योजना बनाउने तयारी भएको ज्ञवालीले बताउनुभयो । स्कुल विभाग प्रमुख समेत रहनुभएका ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रमुख रहेको बताउनुभयो ।

May be an image of 2 people, violin, flute and dais

एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो “सातै प्रदेशका स्कुल विभागहरू सञ्चालन गर्छौ, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गरी जनपरिचालन गछौँ ।”

May be an image of 12 people, people studying, flute, dais, hospital and text

प्रशिक्षणमा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद ठाकुर गैरे, प्रतिनिधि सभा सांसद बिजुला रायमाझी, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु वाइपी आचार्य, बोमबहादुुर विश्वकर्मा, एमालेका लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्य र राम्जी घिमिरेलगायतका नेताहरुको सहभागिता छ ।