सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको साचों हो – डिला संग्रौला (तस्बिर सहित)

spot_img

-केशवराज ज्ञवाली,अर्घाखाँची ।

सन्धिखर्क- नेपाली काङ्ग्रेसका केन्दृय सदस्य डिला संग्रौलाले बर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको स्विकार गरेकी छन । काङ्ग्रेसले समुदायमा काङ्रेस अभियान संचालन गर्नुको उदेस्य जनताका गुनासा सुनेर सोही अनुसारको योजना बनाउनु रहेको पनि बताएकी छन ।

नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन सरकारले गरेका कार्यको जस सबै प्रधानमन्त्रीले बोकेर अपजसको भारी काङ्ग्रेसलाई मात्र बोकाउने षडयन्त्र काङ्ग्रेसलाई स्विकार्य नहुने पनि बताइन ।

समुदायमा काङ्ग्रेस अभियानले नेपाली काङ्ग्रेसको नीति अधिवेशनमा नीति बनाउन सहज पुग्ने , बजेट अधिवेशनमा जनताका गुनासा समाबेश गर्दै समाधानका उपाय समेटिने काङ्ग्रेसको अपेक्षा रहेको पनि संग्रौलाको दावी छ ।

यो अभियानमा काङ्ग्रेस जनताको घर घरमा पुगेर त्यहाको आवस्यकता समस्या हेरि समाधनको लागि स्थानीय सरकार , प्रदेश , केन्द्र सम्म पहल पनि काङ्रेसले गर्ने संग्रौलाको भनाइ छ ।

तत्कालिन आवस्यकताका आधारमा गठबन्धन गरिएको र वर्तमान राजनितिक स्थिरताको लागि गठबन्धन रहिरहने बताउदै नेता संग्रौलाले यो कार्यकाल पूरा गठबन्धन गरिएता पनि ०८४ को निर्वाचनमा गठबन्धन बनाएर सहभागी हुन नहुने आफुहरुको धारणा रहेको बताएकी छन ।