

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले हिउँदे अधिवेशन चलिरहेसम्म आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरूलाई हिउँदे अधिवेशन नसकिएसम्म उपत्यका नछाड्न निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।


बैठकले सबै कांग्रेसका सांसदहरूलाई निरन्तर सदन र समितिमा उपस्थिति हुनुपर्ने निर्देशनसहित निर्णय गरेको हो।








