हामी जिन्दगीभर राजनिती गर्न र देश लुट्न राजनितीमा आएका हैनौ : सभापती लामिछाने (तस्बिर सहित)

spot_img

-केशबराज ज्ञवाली,अर्घाखाँची डटकम

सन्धिखर्क अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापती रबि लामिछानेले आफुहरु जिन्दगिभर राजनिती गर्ने र देश लुट्ने उदेस्यले राजनितिमा नआएको दाबी गरेका छन । उनले पुराना दल र तिनका नेतृत्वबाट देश सुध्रिने आशा नभएर आफुहरु राजनितिको आधिहुरिमा संलग्न भएको पनि बताएका छन ।

May be an image of 10 people, temple and text

जनताहरुले आफ्ना समस्या र गुनासा राख्न्ने मन्त्रालय हरुमा सहज रुपमा आम सर्वसाधारण जानै नसक्ने अवस्थाको राष्ट्रिय स्वतन्त्र पार्टिले अन्त्य गर्ने लामिछानेको दावी छ । उनले आफू छोटो समय मन्त्री हुदा राम्रो काम हुने भयो भनेर सबै तर्सिएको र षडयन्त्र सुरु गरेको पनि बताए ।

May be an image of 10 people and text

राज्य सत्ताको चाबी आफ्नो हातमा नभए पनि स्वतन्त्र पार्टिका सांसदहरुले सदनमा निरन्तर आम जनजिविकाका सवाल सहित नीति निर्माणका सन्दर्भमा निरन्तर आवाज उठाएको भन्दै अब ०८४ पछि पुर्ण जनताको बहुमतले देशको मुहार फेर्ने यात्रामा अगाडि बढ्ने लामिछानेले दावी गरे ।

May be an image of 1 person

सभामा बोल्दै सभापती लामिछानेले आफ्नो पार्टिमा नीति निर्माण र खबरदारि गर्ने दक्ष ब्यक्तिहरु भएको , देशलाई चिनेका बिद्वान तथा इमान्दार साथिहरु समेत भएको हुदा अब राजनीति बिज्ञ ब्यक्तिले गर्ने आवस्यकता भएको औल्याएका छन ।

May be an image of 4 people, temple and text

देश बिकासको को नीति बनाउने मुख्य थलो राजनितीनै फोहोरीहरुको चांगुलमा फसेकोले यो चंगुल फुत्काउन अब जनताहरुले मत परिवर्त गर्नुपर्ने आवस्यकता रहेको पनि लामिछानेको दावी छ ।

May be an image of 2 people

देशहरुका जनताले मत परिवर्तन नगरे देश नबन्ने भन्दै सभापति लामिछानेले आफुहरुलाइ एक पटक मौका दिए काम गरेर देखाइदिने र सधै सत्ताको लोभ लालचमा पनि नबस्ने उद्घोष गरे ।

May be an image of 5 people and temple

सभामा बोल्दै लामिछानेले आफुहरु राजनितिमा छिरेपछी भ्रष्टहरुको सातो उडेको र उनिहरुले आफुहरुलाइ सिध्याउन षड्यन्त्र गरिरहेको बताए । तर कसैले हिलो छ्याप्दैमा राष्ट्रिय स्वतन्त्र पार्टी पछि नहट्ने पनि उनले बताए ।

May be an image of 1 person, speaker, crowd and text

अर्घाखाँचीको माटोमा जंग बहादुर जन्मिएको हो भन्दै लामिछानेले अब तेत्तिकै आंटिलो मानिस अर्घाखाँचीले अव जन्माउने बिस्वास पनि ब्यक्त गरे ।

May be an image of 1 person and crowd

रबिले आफू जीवन भर राजनिती गर्न नआएको आफुले कार्यकारी अधिकार पाएको दुई कार्यकालमा देशको मुहार फेरेर राजनिती छोड्ने र राजनिती छोड्दाको दिन देखि राज्यको सुबिधा नलिने पनि उद्घोष गरेका छन ।

थप तस्बिर:

May be an image of 3 people and crowdMay be an image of 17 people, temple and text

May be an image of 15 people and text

May be an image of 3 people and crowd

May be an image of 7 people and crowd

May be an image of one or more people

May be an image of 3 people, crowd and text

May be an image of one or more people, speaker and crowd

May be an image of 1 person and crowdMay be an image of 1 person and crowd

May be an image of 2 people and crowd