उत्कृष्टतामा प्रदेशमै तेस्रो स्थान प्राप्त गर्न सफल “अर्घाखाँची अस्पताल” ( तस्बिर सहित)

spot_img

 -हिम लेकाली  ,अर्घाखाँची। 

अर्घाखाँची –  न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (MSS)  अन्तरगत अर्घाखाँची  अस्पतालकाे अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम  सोमबार सन्धिखर्कमा  सम्पन्न भएको  छ । लुम्बिनी  प्रदेश  सरकार ,स्वास्थ्य निर्देशनालय भालुबाङ्ग दाङ्ग बाट आएकाे टिमले २१ र २२ गते अस्पतालकाे अनुगमन गरेकाे हाे ।

May be an image of 4 people and people studying

अनुगमन मुल्यांकनमा  अनुगमन टाेलिकाे प्रतिवेदन अनुसार अस्पतालले ९० अङ्क प्राप्त गरि लुम्बिनी प्रदेशमै तेस्रो स्थान प्राप्त गरेकाे छ । अर्घाखाँची अस्पताल ब्यबस्थापन समितिका  अध्यक्ष श्रीकृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरसिंह अफिसर सुनिता आचार्यले स्वागत मन्तब्य र  कार्यक्रमकाे सन्चालन ब्यबस्थापक अधिकृत शिव बन्जाडेले गर्नु भएको थियाे ।

May be an image of 6 people and people studying

समीक्षा कार्यक्रममा टिम प्रमुख गुल्मी अस्पतालका मे.सु.डा. किशाेर बन्जाडेले  अर्घाखाँची अस्पतालले न्यूनतम सेवा मापदण्डका धेरै सूचकहरू पूरा गरेकाे मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्नु भयाे ।

उहाँले अस्पताललाई अझ राम्राे बनाउन  बच्चा र हाडजोर्नीकाे  डक्टर ल्याउन पहिलाे प्राथमिकता  दिनु पर्ने बताउँदै  बिपत ब्यबस्थापन , फिजियाेथेरापि सामग्री थप ,ल्याबका सामाग्री सन्चालनकाे निम्ति उचित बिद्युत ब्यबस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयाे । उहाँले यदि समयमै आधुनिक भवन बन्न सकेन भने यहाँकाे स्वास्थ्य सेवा अझै ५ वर्ष पछि पर्ने बताउनु भयाे ।

May be an image of 5 people

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले अस्पतालका न्युनतम मापदण्ड पुरा गरि प्रदेशमै तेस्रो स्थान प्राप्त गर्न सफल भएकाेमा  अस्पताल टिमलाई बधाई  ज्ञापन   गर्नु भयाे । उहाँले प्रदेश सरकारलाई  दरबन्दी  पूरा गर्न आग्रह गर्दै ,भवन , बिशेषज्ञ सेवा र ब्लड बैककाे स्थापनामा सराेकारवाला लाग्नु पर्ने बताउनु भयाे ।

May be an image of 10 people, people studying and table

कार्यक्रममा  अस्पताल बारे रिपोर्टिङ गर्दै अस्पताल प्रमुख जगन्नाथ तिवारीले अस्पताल ५० बेडकाे भनिए पनि १५ बेडकाे दरबन्दी भित्र रहेर अस्पताल सन्चालन गर्नु परेकाे बताउनु भयाे । उहाँले अस्पतालमा अहिले ९६ कर्मचारी कार्यरत हुनुहुन्छ  जस्मा अस्पताल विकास समिति बाट २२ जना  , NSI  कार्यक्रम बाट डक्टर सहित ५ जना र   २६ जना नेपाल सरकारकाे दरबन्दीमा  रहनु भएको  बताउनु भयाे ।

May be an image of 6 people and people studying

दरबन्दी  पूरा नहुँदा डक्टर कर्मचारीकाे अभावमा     थाेरै जनशक्तिले  धेरै काम गर्नु परेकाे र प्रदेश सरकारले बिशेषज्ञ  डक्टरहरूलाई अर्घाखाँची पठाउँदा  समेत नियुक्ती नलिएकाे  उहाँले बताउँनु भयाे  ।

उहाँले गत वर्ष MSS कार्यक्रममा पूरा गर्न नसकेका कामहरू अहिले पूरा गरेकाे बताउनु भयाे ,अहिले अस्पतालमा फाेहरमैलाकाे उचित ब्यबस्थापन भएको  ,स्तनपान कक्ष ,नरसिङ्ग स्टाफ स्टेसन निर्माण , OPD (ओपिडी) सेवाकाे अभिलेखिकरण ,सुरक्षित पिउने पानी नगरपालिकाकाे सहयाेगमा सब बाहन ,आँखा उपचार ,दन्त सेवा ,फिजियाेथेरापि जस्ता नयाँ सेवा समेत थपिएको उहाँले बताउनु भयाे।

May be an image of 12 people, people studying and hospital

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशाेक खनालले पत्रकार महासंघले काेभिड संगै बिपतका बेला स्वास्थ्य क्षेत्रमा गरेकाे अनुकरणिय कामकाे चर्चा गर्दै  अस्पताल विकासमा संस्था हरदम लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

May be an image of 5 people, people studying, clarinet, violin and guitar

कार्यक्रमका अध्यक्ष श्रीकृष्ण भुसालले समापन मन्तव्य राख्दै आफ्नाे कार्यकालमा ३ पटक सम्म पदबहाली हुनु परेकाे दुखद ब्यथा सुनाउँदै आफु अस्पताल समितिकाे अध्यक्ष भए पछि निस्वार्थ ,बिना पूर्वाग्रह अस्पताल विकासकाे निम्ति काम गरेकाे बताउँदै अब छिट्टै  प्रदेश सरकारबाट भबनकाे स्वीकृति भएर आउने र टेण्डर  समेत हुने बताउनु भयाे । उहाँले बिरामिलाई आवस्यक पर्ने रगत पूर्तिकाे निम्ति ब्लड डाेनेट क्लब निर्माण गरि  सेवा सन्चालन गर्न सबै लाग्नु  पर्ने द्रिष्टिकाेण पेश गर्नु भएको थियाे ।

May be an image of 8 people and people studying

कार्यक्रममा जिल्ला  स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली ,  प्रशासन कार्यालय  प्रशासकीय अधिकृत दुर्गा न्याैपाने , जनस्वास्थ्य अधिकृत अस्मिता नेपाल ,  MSS अधिकृत सन्देश पाैडेल ,NSI कार्यक्रम अधिकृत सुरज श्रेष्ठ , MDGP डा,अशाेक शाह   अस्पताल ब्यवस्थापन समिति सदस्य मेनुका पाैडेल, अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति सदस्य  अनिता भुसाल साथै अस्पतालमा कार्यरत सम्पूर्ण डक्टर  ,नर्स लगाएत सिंगाे टिमकाे सहभागीता  रहेकाे थियाे ।