नेपाल औषधी व्यबसायी संघ अर्घाखाँचीको २६औ स्थापना दिबस:  रानीपोखरी आधारभुत विधालयका विधार्थीलाई न्यानो कपडा तथा पाठय सामाग्री बितरण ।(तस्बिर सहित )

spot_img

-अनिल नेपाली , अर्घाखाची।

अर्घाखाँची- नेपाल औषधी व्यबसायी सघ जिल्ला समिति अर्घाखाँचीले आफ्नो २६ औ स्थापना दिबसको अबसरमा सन्धिखर्क नगरपालिका वडा न ५ मा रहेको रानीपोखरी आधारभुत विधालयमा रहेका विधार्थीलाई न्यानो कपडा र कापी कमल वितरण गरी मनाएको छ ।

कार्यक्रम नेपाल औषधी व्यबसायी सघ लुम्विनी प्रदेशका सल्लाहकार नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै पौडेलले जिल्लामा लामो समयदेखि स्थापना भएको सस्थाले आम नागरिकको स्वास्थ्य सुरक्षामा क्रियाशील विषम परिस्थिति जटिल

समयमा मिर्मिरे उज्योलो भएसँगै औषधि पसल खोली अहोरात्र बसेर आम विरामीलाई सेवा प्रदान गरिरहेको बताउदै जिल्लाका जुनसुकै कुनामा पनि विपत आपत्तिको बेलामा समेत शिविर सञ्चालन गरेर जिल्ला बासीलाई सेबा प्रदान गरिरहेको बताउदै सस्थाले हरेक मानब रुपी सामाजिक क्रियाकलापमा समेत क्रियाशिल रहदै विविध प्रकारका काम समेत गरेको बताए ।

कार्यक्रममा सघका पुर्ब अध्यक्ष प्रेम पछाई , लिलाराम ढुङ्गाना विधालयका प्रधानाध्यापक छबिलाल अधिकारी विधालयका व्यबस्थापन समिति अध्यक्ष कृष्ण प्र भुसाल लगायतले शुभकामना मन्त्तब्य राख्नुभएको थियो ।

सस्थाले अर्घाखाँची जिल्लामा विभिन्न प्रकारका काम गदै आएको सस्थाका सचिब सुर्य थापाले बताए । अर्घाखाँची जिल्लामा सस्थाले व्यबसायीको हकहितको साथसाथै रक्तदान स्वास्थ्य शिविर लगायतका काम गदै आएको कोषाध्यक्ष विष्णु प्र भुसालले बताए ।

कार्यक्रम सस्थाका अध्यक्ष राम प्र अधिकारीको अध्यक्षता महासचिब तिलक मिश्रको सञ्चालन उपाध्यक्ष टक भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सस्थाका पुर्ब पदाधिकारी बर्तमान पदाधिकारी कार्यसमिति सदस्य समाजसेबी लगायतको उल्लेखनीय सहभागिता रहेको थियोे।

सस्थाले आफ्नो स्थापना दिबसको अबसरमा सोही विधालयमा अध्ययनरत २० जना विधार्थीलाई कापी कलम र १० जनालाई न्यानो कपडा वितरण गरेको जनाएको छ । २०५४ सालमा स्थापना भएको सस्थाले अर्घाखाँची जिल्लामा उल्लेखनीय काम गदै आएको छ ।