अखिल नेपाल युवक संघ अर्घाखाँचीले आफ्नो ४३ औँ स्थापना दिवस अस्पतालमा बिरामीहरु संगै मनायो ( तस्बिर सहित) 

spot_img

-सन्तोष सुनार,सन्धिखर्क ।

सन्धिखर्क अर्घाखाँची ।अखिल नेपाल युवक संघ अर्घाखाँचीले युवक संघको ४३ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामिलाई भेटघाट ,फलफूल वितरण साथै स्वास्थ्य अवस्थाबारे जानकारी लिई शिघ्र स्वाथ्य लाभकाे कामना गर्दै मनाएको छ।

May be an image of 10 people, hospital and textMay be an image of 4 people

भेटघाट तथा फलफूल वितरण कार्यक्रममा अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेशम बिक ,रास्ट्रीय जनमोर्चा प्रदेश सल्लाहकार शेर ब बिसि,रास्ट्रीय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के सि,नेकपा मसाल जिल्ला प्रवक्ता पशुपति ढकाल ,अन्टुक केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि ,अ.ने.म

May be an image of 5 people and hospital

केन्द्रिय महासचिव शकुन्तला राना र रास्ट्रीय जनमोर्चाका विभिन्न मोर्चाका प्रमुख तथा प्रतिनिधि,स्वास्थकर्मी चिकित्सक ,पत्रकार र युवक संघ जिल्ला समिती सदस्यहरु उपस्तिथि रहेको थियो।

May be an image of 12 people, motorcycle, road, hospital and text

भेट्घाट कार्यक्रममा जिल्ला अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीले सहजीकरण गर्नुका साथै आफै पनि सबै बिरामी संग भेट गर्दै फलफूल बितरण कार्यमा सहभागी हुनु भएको थियो।

May be an image of 4 people

फलफूल बितरण पछि अस्पताल परिसरमा कोण सभा गरिएको थियो । कोण सभामा सम्बोधन गर्दै ,रेशम  बिकले भन्नु भयो । अखिल नेपाल युवक संघको संस्थापक अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड रहेको  बताउदै उहाँ अहिले नेपालको सम्माननिय प्रधानमन्त्री पनि उहा नै भएको हुँदा स्वास्थ्य कार्यलयमा निशुल्क तोकिए बमोजिम औसधी ,अस्पताल अनुसारको दरबन्दी र उपचारका लागि

May be an image of 5 people

आवश्यक मेसिनरी साधन समयमा पुराउनको लागि आवश्यक पहल गरिदिनु हुन कोणसभा बाट ध्यानाकर्षण गराउनु भएको थियो। कोणसभाको सन्चालन युवक संघ जिल्ला सचीव पुरन नेपालिले गर्नु भएको थियो।

थप तस्बिर :

May be an image of 5 people, people studying, temple and hospitalMay be an image of 5 people and hospitalMay be an image of 2 people, people smiling and hospitalMay be an image of 4 peopleMay be an image of 10 people, hospital and text