सहकारी कर्मि भन्छन्ः राष्ट्रलाई आर्थिक समृद्धिमा लैजान सहकारीको सदुपयोग जरुरी छ

spot_img

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

अर्घाखाँची-  व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रलाई आर्थिक समृद्धिमा लैजान सहकारीलाई भरपुर सदुपयोग गर्नुपर्नेमा सहकारी कर्मिहरुले जोड दिएका छन् । लगानीको अभावले उद्यम तथा स्वरोजगार बन्न नसक्नेहरुको सारथी बनेको सहकारीको पनि दिगो विकास हुनुपर्ने उनिहरुको तर्क छ ।

त्रिवेणी वचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको शनिबार सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उच्च शिक्षा पढ्ने रुची भएर पनि आर्थिक अभावले विदेश धाउनुपर्नेलाई स्वदेशमै रोकेर दक्ष बनाउनेदेखि रोजगार दिनेसम्मको भुमिका निभाउने सहकारीलाई व्यक्तिदेखि राज्यसम्म सबैले अबलम्बन गर्नुको विकल्प नभएको सहकारी कर्मिहरुको दाबी छ ।

sahakari-logo - Samudrapari.com

पछिल्लो समय विश्वनै आर्थिक संकटसंग जुधिरहेकोले पैसाको दुरुपयोग र फजुल खर्च रोक्नुपर्नेमा सहकारी अभियान्ताहरुको जोड छ । संचालक समिति सहित उपसमितिका पदाधिकारी र सरोकारवालाको उल्लेख्य उपस्थितिमा सम्पन्न बैठकले नेतृत्वकर्तालाई अध्ययन भ्रमण, सेयर सदस्यलाई अवलोकन भ्रमण, सरोकारवालालाई क्षमता अभिबृद्धि तथा सहकारी शिक्षा तालिम दिने निर्णय गरेको छ ।

त्रिवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, सचिव नारायण प्रसाद भुसालको संचालन र कार्यालय प्रमुख तुल्सीराम खनालको सहजीकरणमा सम्पन्न बैठकले वि.स.२०८१ सालको क्यालेण्डर प्रकाशन सहित संस्थालाई प्रविधिसंग जोड्न बिभिन्न सफ्टवयर तथा एप्सहरुको विकास गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कको १२ वटै वडामा सेवा बिस्तार गरेको यस सहकारीमा हाल १ हजार १९ जना सेयर सदस्य र २ सय ५० जना बाल बचत सदस्य रहेका छन् ।

२०६८ सालमा स्थापना भएको त्रिवेणीले हाल सुलभदर र सहज रुपमा कर्जा लगानी, बचत संकलन, नेतृत्वको क्षमता विकास तालिम, सेयर सदस्य केन्द्रित सहकारी तालिम, पहिलो मालिक कार्यक्रम, त्रिवेणी शैक्षिक पुरस्कार, त्रिवेणी पत्रकारिता पुरस्कार, महिला तथा बालबालिका केन्द्रित कार्यक्रम, जेष्ठ सदस्य सम्मान सहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने गतिविधि गर्दै आएको छ ।