अर्घाखाँची: गतिविधि सुधार नगरेको भन्दै मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीले विधालय प्रधानाध्यापकलाई दल्यो कालोमोसो   ,आनाकानी गरे अझ कडा कारबाही गर्ने चेतावनी (प्रेस विज्ञप्ती सहित)

spot_img

मालारानी – मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले मालारानी गाँउपालिका वडा न ८ मा रहेको बालशिक्षा माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद पन्थीलाई विभिन्न १० बुद्धे माग सहित कालोमसो दलेको छ ।

कालोमसो दल्नुको कारण बारे पार्टीका जिल्ला सयोजक ज्वालाले एक प्रेस विज्ञप्ती जारी गदै प्रधानाध्यापकलाई पटक पटक सम्झाउदा छलफल गर्दा पनि निज प्रधानाध्यापकले गतिविधि सच्चाउन नसक्दा पार्टीले यस्तो गतिविधि गर्न बाध्य भएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख गदै निज पन्थीलाई

अहिले साकेतिक स्वरुप कार्याबाही गरिएको उल्लेख गदै गतिविधि सुधार गर्नको लागि अनुरोध गदै अझै आनाकानी गरे त्यसबाट सिर्जित परिमाणको स्वयम् आफै जिम्मेबार हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती: