स्वर्ण जयन्ति बिशेष : नेपाल रेड्क्रस सोसाइटी अर्घाखाँचीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न , १७२ जनाले गरे रक्तदान (तस्बिर सहित )

spot_img

-केशबराज ज्ञवाली,अर्घाखाँची ।

अर्घाखाँची- नेपाल रेड्क्रस सोसाइटि अर्घाखाँचीको आयोजनामा आज सम्पन्न भएको बृहत रक्तदान कार्यक्रममा १७२ जनाले रक्तदान गरेका छन । रेडक्रस जिल्ला शाखा अर्घाखाँचीले आफ्नो स्वर्ण जयन्तिको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

May be an image of 11 people

रेडक्रस अर्घाखाँचीको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा रक्तदाताहरु उल्लेख्य रुपमा सहभागी भएर रक्तदान जस्तो महान कार्यमा सहभागी भएको प्रती रेडक्रस अर्घाखाँचीका सभापती कुशल भुसालले धन्यबाद व्यक्त गरेका छन ।

May be an image of 4 people, people smiling and text

स्वर्ण जयन्तिकै अवसरमा रक्तदातालाई सम्मान गर्दै जिल्लामा भैपरि आउने अवस्थामा तत्काल रगत दिन सक्ने ब्यबस्था मिलाउन प्रत्यक्ष रक्तदाता क्लव गठन गर्ने पनि रेडक्रस अर्घाखाँचीले जनाएको छ ।

May be an image of 3 people, hospital, temple and text

रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापती कुशल भुसालले पत्रकार महासंघ अर्घाखाँचीका सभापती अशोक खनाललाइ रक्त संकलन पोका हस्तान्तरण गरि रक्तदान कार्यक्रमको सुरुवात गराएका थिए ।

थप तस्बिर :

May be an image of 7 people and hospitalMay be an image of 6 people, people smiling, tree and templeMay be an image of 5 people, people studying and hospitalMay be an image of 2 people and hospitalMay be an image of 11 peopleMay be an image of hospital and textMay be an image of 2 people and people smiling