रेडक्रसले आपत बिपदमा उल्लेखनीय काम गदै आएको छ: प्रमुख कोईराला (तस्बिर सहित)

spot_img

-अनिल नेपाली,अर्घाखाँची 

अर्घाखाँची – नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले आफ्नो ५० औं स्थापना दिवसको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण जयन्ती मनाएको छ ।

शाखाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गदै कोइरालाले रेडक्रस समाजसेबाको महत्वपुर्ण आधारशीला भएकोले सस्थालाई राजनितिकरण नगरी समाजसेबाको महत्वपुर्ण स्थल बनाउनको लागि आग्रह गदै रेडक्रसको अर्घाखाँची लगायत देशमरि गरिमामय विशिष्ट स्थान रहेको बताउदै देशमा आपत बिपद मानबिय सेबामा समेत रेडक्रसले उल्लेखनीय काम गदै आएको बताए ।

स्मारिका बिमोचन सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पङेनी ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल ,मालारानी गाउँ पालिका उपाध्यक्ष दिपा पोख्रेल , छत्रदेब गाउँपालिकाका

उपाध्यक्ष मनि पन्थी , अर्घाखाँची अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अशोक शाह ,रेड्क्रस लुम्बिनी प्रदेशका पुर्ब अध्यक्ष शम्भु पोख्रेल , नेपाली काङ्ग्रेस अर्घाखाँचीका सचीव कृष्ण प्रसाद खनाल , नेकपा ( एमाले ) लुम्बिनी प्रदेश सदस्य केबि भुसाल ,नेकपा ( माओबादी केन्द्र ) लुम्बिनी

प्रदेश सदस्य ठाकुर सौराग , रास्ट्रिय स्वतन्त्र पाटीका जिल्ला सभापति हरि प्रसाद भुसाल , राप्रपाका जिल्ला सचीव महेन्द्र कुमार श्रेष्ठ , नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान रास्ट्रिय जनमोर्चाका नेता भिमलाल आचार्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार महासंघका अध्यक्ष तथा अन्य संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सस्थाका विशिष्ट सदस्य रक्तदाता हरु लाई सम्मान पत्र लगायत द्धारा सम्मान गरिएको थियोे । बिपद मानबिय सेवा , सामुदायिक बिकास , रगत तथा ब्लड बैंक स्थापना , एम्बुलेन्स संचालन द्वन्द्व ग्रस्त क्षेत्रहरु लगायतमा काम गर्ने यस् संस्था नेपालमा २०२० साल भाद्र १९ गते स्थापना भइ अर्घाखाँचीमा पनि २०३० साल माघ –२९ गते स्थापना भएको थियोे ।

आइतबार शाखाद्वारा आयोजित आफ्नै प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा एकसय बहत्तर जनाले रक्तदान गरेका थिए । कार्यक्रम जिल्ला शाखा सभापति कुशल भुसालको अध्यक्षता उपसभापति चन्द्र प्रसाद बन्जाडेको स्वागत मन्तव्य तथा मन्त्री तुल्सी राम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।