अर्घाखाँची जिल्लाका ६ पालिकाको कानुन निर्माण सम्बन्धी कार्य प्रगती संतोषजनक : सभामुख घर्ती मगर (तस्बिर सहित)

spot_img

-केशवराज ज्ञवाली, अर्घाखाँची डटकम ।

अर्घाखाँची- लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले अर्घाखाँचीका स्थानिय तहहरुको कानुन निर्माण सम्बन्धी कार्य प्रगती सन्तोशजनक भएको बताएका छन । सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा बोल्दै घर्तिमगरले स्थानिय तहहरुले संघ र प्रदेशका ऐनमा आधारित भएर आफ्ना कानुनहरु बनाएको प्रगती बिवरणमा आफुले पाएको बताएका हुन ।

लुम्बिनी प्रदेशसभा र स्थानिय तह बिच कानुन निर्माण र सभा सम्बन्धी अन्तरक्रिया र छलफल कार्यक्रमको दौरान अर्घाखाँची आएका प्रदेससभा सभामुख घर्ती मगरले कतिपय स्थानिय तहहरुले कार्यबिधिको आधारमा मात्र कार्यसम्पाद्न गर्दा कानुनी जटिलता हुने र जसले गर्दा जनता प्रत्यक्ष प्रभावित हुने पनि उल्लेख गरे ।

स्थानिय तहहरुसंगको अन्तरक्रिया कार्यक्रममा कानुन निर्माण सम्बन्धि प्रगती बिवरण मागिएको र बनेका कानुनहरु कतिको ब्यबहारिक छन भन्ने बारे पनि परिक्षण गर्ने यो कार्यक्रमको उदेस्य रहेको सभामुखको भनाइ रहेको छ ।

संघिय शासन ब्यबस्था भनेकै एकले अर्काको अस्थित्व स्विकार गर्दै स्थानी तह , प्रदेश र संघ बिच हुने सहकार्यले मात्रै देशको बिकास संभव हुनेमा सभामुखले जोड दिएका छन ।

केन्द्रीय प्रहरी ऐन नबन्दा प्रदेश प्रहरी ऐन पनि लागू हुन नसकेको , कर्मचारिहरुले स्थानिय तहमा आफ्नो भबिस्य देख्न्न नसकेको हुदा निजामती कर्मचारी ऐन आउन नसकेको भन्दै सभामुख घर्ती मगरले आउदो हिउदे अधिवेशनमा कानुन पारित गर्ने र स्थानिय निजामती ऐन ल्याउने पनि बताए ।

यदि हिउदे अधिवेशनमा संभव नभए अध्यादेशबाट भएपनी तत्काल समस्या समाधान गरिने उनको भनाइ थियो ।

पत्रकारहरूका प्रश्नको जवाफ दिदै सभामुख तुलाराम घर्ती मगरले बसाइँ सराइ सामाजिक प्रक्रिया रहेको तर हालका दिनमा गाउँ नै रित्तिने गरि बसाइँ सराइ हुनु चिन्ताको बिषय भएको भन्दै स्वरोजगार , कृषि , पर्यटन जस्ता कुराहरुमा सबै तहका सरकारले बिशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरेका छन ।