अर्घाखाँची : सन्धिखर्क -१० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा मुर्ति प्रतिस्थापन तथा पुजा आरम्भ (तस्बिर सहित) 

spot_img

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वाड नम्बर १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ गरिएको छ ।

मन्दिरका पुजारी तथा भक्तजन साथै पञ्चेबाजा सहित मुर्ति प्रतिस्थापन गरि पुजा आरम्भ गरिएको हाे । कार्यक्रममा वैदिक बिधिपुर्बक पुजा आजा संगै रिबन काटेर उद्घाटन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख जिबनारायण काेइरालाले रिबन काटी औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कोइरालाले वैदिक सनातन धर्म र यसको सम्बर्द्धनमा सबै लाग्नुपर्ने बताए । सामाजिक तथा धार्मिक ब्यक्तित्व नारायण खनालले ९० प्रतिशत भन्दा बढि हिन्दु समाज रहेको नेपाललाइ धर्मनिरपेक्ष बनाउनु गलत भएको भन्दै हिन्दु राज्य घोषणा गर्न सबै नेपालीले आवाज उठाउनु पर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, उपप्रमुख मिस्रा आचार्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, शसस्त्र प्रहरी बलका प्रमुख, प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम वडा अध्यक्ष मोहनसिंह ठकुरीको अध्यक्षता हेमराज भुसालको स्वागत मन्तव्य तथा नेत्र मरासिनीको सन्चालनमा सप्पन्न भएको थियो ।

थप तस्बिर: