प्रचण्डलाई ओलीको प्रश्नः ‘७० वर्ष पुग्न लाग्नु भयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’

spot_img

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा सरकार भएको टिप्पणी गरेका छन् । नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकार प्रति खरो टिप्पणी गरेका हुन् ।

ओलीले ३९६ वटा अस्पतालहरू हरेक पालिकामा हुनुपर्छ भनेर आफूले सुरुवात गरेपनि अहिलेको सरकारले त्यसको बेवास्ता गरेको दाबी गरे । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नु भएको छैन । एक वर्ष पुगेको बेला भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ ’ ओलीले प्रचण्डलाई भने, ‘७० वर्ष पुग्न लाग्नु भयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’

अहिले मुलुक गम्भीर मोडमा रहेको टिप्पणी गर्दै ओलीले भने, ‘स्वाधीनता स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’

सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको पनि ओलीको आरोप थियो ।

-एनपि