तेस्रो विश्व युद्दको खतरा भएकोले शान्तिको पक्षमा आवाज उठाउने बेला आएको छ : महामन्त्री मोहन बिक्रम सिंह (तस्बिर सहित)

spot_img

-केशबराज ज्ञवाली , अर्घाखाँची डटकम। 

अर्घाखाँची –  नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले तेस्रो बिश्वयुद्दको खतरा भएको बताएका छन । रुस युक्रेन युद्द , तेसैको संकेत भएको भन्दै महामन्त्री सिंहले अवको युद्द सामान्य युद्द नभएर आणविक हात हतियार सहितको युद्द हुने हुदा सबैले शान्तिको पक्षमा आवाज बुलन्द पार्ने बेला आएको बताएका हुन ।

May be an image of 7 people and text

प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिहंले नेपाल लगायतका देशहरु आफू युद्दमा सहभागी नभएपनी युद्दको लपेटाबाट बच्न नसकिने हुदा युद्दको बिरोधमा र शान्तिको पक्षमा आवाज उठाउन पर्ने औल्याएका हुन ।

May be an image of 6 people, dais and text

समग्र बिश्वको बर्तमान अवस्था हेर्दा शक्तिशाली रास्ट्रहरुको एक आपसको घमण्ड र अधिनायकबादी शैलिका कारण समग्र विश्व युद्दको खतरामा परेको सिंहको भनाइ छ ।

May be an image of 6 people and text

देश भित्रको अवस्था बारे कुरा गर्दै सिंहले पुर्व राजाले धर्मलाइ हतियार बनाएको भन्दै महामन्त्री सिहंले ज्ञानेन्द्रको मुल उदेस्य राजा बन्नु नै भएको बताएका छन। यद्यपि नेकपा मसाल राजा आउनेमा बिस्वस्त नभएको तर राजतन्त्र ल्याउने नाममा भैरहने अस्थिरता र अराजकता प्रती शतर्क रहिरहन पर्ने आजको आवस्यकता रहेको सिंहको भनाइ थियो ।

May be an image of 5 people and text

नेपालमा हस्तक्षेप गर्नको लागि अमेरिकाले बिगतका दिनमा पनि विभिन्न प्रयास गर्दै आएको र हालका दिनमा रास्वपाको प्रयोग गरेको भन्दै महामन्त्री सिंहले राष्ट्रिय स्वतन्त्र पार्टिलाइ घण्टी पार्टी भन्दै उक्त पार्टी पुर्ण रुपमा अमेरिकाबाट संचालित भएको आरोप लगाएका छन ।

images

May be an image of 3 people, people smiling, sherpa coat and text

यस्तै नेपालि काङ्ग्रेस भित्र पनि अमेरिका खेलिरहेको भन्दै सिहले काङ्ग्रेसको शेखर ग्रुप अमेरिकाको पक्षमा रहेको , अमेरिकिहरुले काङ्ग्रेसमा देउवा पक्षलाइ फालेर शेखर पक्ष हावी गराएर आफ्ना एजेन्डा स्थापित गर्न प्रयास गरिरहेको र भारतले पनि आफ्ना निर्देशनमा चल्ने मधेशबादी पार्टिहरु बनाइ दिएको र सोही अनुरुप नेपालमा आफ्नो हस्तक्षेप बढाउन साम्राज्यवादि र बिस्तारबादी शक्तिहरु उद्दत रहेको पनि बताएका छन ।

images

May be an image of 3 people, goose-down coat and text

भारत र अमेरिकाको मुख्य उदेस्य नेपालमा रहेर तिब्बत र चिन माथी आक्रमण गर्ने रहेको पनि महामन्त्री सिंहको भनाइ रहेको छ । नेकपा मसालको बैधानिक मोर्चा जनमोर्चाले सरकारलाइ समर्थन गरेतापनी सरकारले गरेका कामकारबाहीमा पुर्ण सन्तुष्ट नरहेको महामन्त्री सिहको भनाइ रहेको छ ।

images

May be an image of 7 people and text

सरकारले उठाएका नीतिहरु सबै सहि नरहेको , सरकारका कैयौं नीति र कार्यशैली संग मतभेद रहेकोले सरकारमा नगएको तर देशमा प्रतिगमन को खतरा रहेकोले प्रतिगमनका बिरुद्द मात्रै यो सरकारलाइ समर्थन गरेको पनि सिंहले बताए । उनले जनमोर्चा तत्काल मन्त्री मण्डलमा सहभागी नहुने समेत पत्रकार सामु बताए ।

May be an image of 7 people and text

संघियताको बिरोध गरिरहेता पनि तत्काल खारेज गर्न सक्ने आफ्नो शक्ति नभएको हुदा तत्कालिन उपयोग गर्ने नीति अनुरुप संसदिय प्रणाली र सघियता अनुसारका संरचनागत उपयोग गरिरहेको पनि उनको भनाइ छ ।

Nepal life insurance

थप तस्बिर: 

May be an image of 4 people and textMay be an image of 9 people, people studying, television and crowdMay be an image of 7 people and textMay be an image of 6 people, dais and text