सहयोगका लागि अनुरोध : बाबुराम पौडेल बचाउ अभियान

spot_img

अर्घाखाँची जिल्ला मलारानी गाउपालिका घर भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बाबुराम पौडेल सानै उमेरमा दायाँ खुट्टा जलेर घाउ निको नभई सधै उपचार गराउदै आउनुभएको थियो ।

गत २ बर्ष अगाडी देखी खुट्टामा क्यान्सर लागेर उपचार गर्दापनि निको नभई घुँडा मुनिबाट काटेको र पटक पटक उपचार गर्दा पनि झन माथि कम्मर सम्म फैलिएर , किमोथेरापी गर्नुपर्ने देखियो। त्यसको लागि लामो समय अस्पतालमा बस्नुपर्ने भएको हुदा धेरै मात्रामा खर्च निस्कने र उहाको केहि मात्रामा भएको सम्पति पहिले उपचारको क्रममा सकिएको छ ।

गत वर्ष उहाको कान्छा भाइको Blood Cancer भाइ वैदेशिक रोजगारीको क्रममा कतारमा असामयिक निधन भएको थियो। उहाको ठुलो दाई केही बर्ष अगाडी सवारी दुर्घटनामा परी कमजोर हुनुहुन्छ।

त्यसैले अब उहाँको उपचार गर्न सक्ने अवस्था नभएकोले सम्पूर्ण आफन्तजन, इष्टभित्र तथा सम्पूर्ण सहयोगी मनहरुमा बाबुराम पौडेल बचाउ अभियानमा जोडिएर आफुसक्दो सहयोग गरि दिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

नाम :  BABURAM PAUDEL

बैन्क : NMB BANK LTD.

खाता न.   –  ०३६००२७८४७००००२९
मो. न.      –       ९८४७५८५५६७