नेकपा एकीकृत समाजबादी अर्घाखाँचीको पुर्ण बैठक सम्पन्न।

spot_img

-हृदय भुसाल अर्घाखाँची।

अर्घाखाँची – नेकपा एकीकृत समाजबादी अर्घाखाँचीको ९ औं पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादीको पुर्ण बैठकका प्रमुख अथिती एबम पार्टी पोलिटब्यरो सदस्य मेटमणी चौधरीले पार्टी संगठन निर्माणको काममा एकताबद्व भयर लानु पर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य चौधरीले नेपालको पुरानो खालको राजनैतिक संस्कारलाई बद्ल्नु पर्ने भन्दै पार्टी संगठन निर्माणका लागी सहभागीता मुलक छलफल,सामुहिक निर्णय,कार्यक्रम तथा बैठक संचालन बिधि अगाडी बढ्नु पर्ने बताउनु भयो ।पुर्ब सहरी बिकास मन्त्री समेत रहनु भएका चौधरीले पार्टीले आगामी महाधिवेशनबाट पार्टी नयाँ गतिका साथ अगाडी जाने भन्दै अब मनमा भएको निरासा हटाई उत्साहका साथ पार्टी संगठन निर्माणको काममा लाग्न निर्देशन गर्नु भयो ।

नेता चौधरीले एमाले अहिले मुद्दा बिहिन भएको र अब जति नै नक्कली कुरा गरे पनि जनताले बुझेको भन्दै एमालेको भबिस्य समाप्त हुन लागेको बताउनु भयो । आगामी निर्वाचन सम्मको यो बिद्रोहको यात्रा निकै चुनौतीपूर्ण भन्दै अब सामाजिक मुद्दालाई एजेन्डा बनाई सबैखाले समस्या संघ जुद्वै अगाडी बढ्नु पर्ने नेता चौधरीले बताउनु भयो ।

पार्टीका केन्द्रिय सदस्य अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर सारुले अब नयाँ सोचका साथ युवा नेतृत्व बाट अगाडी बढ्नु पर्ने भन्दै बिद्रोहको औचित्य मिसन पूरा गर्ने गरि लाग्नु पर्ने बताउनु भयो ।

नेता सारुले अब अझ सशक्त तबर पार्टी काममा लाग्न सबैलाई आग्रह गर्नु भयो । बैठकमा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य,मोतीलाल श्रीपाल,सुनिता बेल्वासे, समाजबादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल,पार्टी रास्टिय परिषद सदस्य मुकुन्द रोकाले बैठकमा महत्त्वपूर्ण भनाई राख्नु भएको थियो ।

बैठकमा प्रदेश कमिटी सदस्य तारापती भट्टराई, बिष्णुहरु भुसाल, अनेरास्ववियु केन्द्रिय नेता नारायण शर्मा लगायतको आथित्यता रहेको थियो ।

बैठकले आगामी २ महिने पार्टी संगठन सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान अगाडी बढ्ने त्यसका लागी बिभिन्न पालिकामा सहजकर्ता हरु तोकिएको साथै पार्टी संगठन निर्माणका लागी महत्त्वपूर्ण निर्माण भएको अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो। बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता, उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तब्य र सचिव युबराज पौडेलको संचालकमा बैठक सम्पन्न भएको थियो ।