रोट्रयाक्ट क्लब अफ बुटवल साउथ द्वारा सुपा देउराली मन्दिरमा नरिवल फुटाउने सरलयन्त्र हस्तान्तरण ।

spot_img

-सुमन अर्याल अर्घाखाँची।

अर्घाखाँची , २०८० फागुन  १३ –  रुपन्देही जिल्लाको बुटवल नगरपालिका ११ देवीनगरको ूरोट्रयाक्ट क्लब अफ बुटवल साउथ द्वारा एक थान र बुटवलकै सुपा देउराली मोटरसाइकल पार्ट्स द्वारा एक थान गरी जम्मा २ थान नरिवल फुटाउने सरल यन्त्र अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -७ मा अवस्थित सुपा देउराली मन्दिरको समितिलाई हिजो फागुन १२ गते हस्तान्तरण गरेको थियो ।

पुरानो परम्परा देखि नै सुपा माईले ूजे बर माग्यो त्यो पुरा हुनेू मान्यता चली आएको यस सुपा(देउराली मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहजिकरण होस भन्ने धारणा बोकेर उक्त क्लबले कार्यक्रम आयोजना गरेको हो । क्लबका उपाध्यक्ष्य सुपा देउराली मोटरसाइकल पार्ट्सका प्रो। साथै यसै अर्घाखाँची जिल्लाका पूर्व बासिन्दा ९ हाल बुटवल कृष्ण घिमिरेको कार्य नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Supa Deurali Temple - Wikidata

कार्यक्रम हुने क्रममा मन्दिर व्यवस्थापक समिति सदस्यले मन्दिरमा यस्तै यन्त्रको आबस्यक परेको थियो। भन्दै हर्षका साथ क्लब लाई धन्यवाद ज्ञापन गर्नु भयको थियो । यदि भविष्यमा हाम्रो क्लब बाट कुनै पनि किसिमको सहयोग चाहिएमा सम्पर्क गर्न र क्लब बाट हुन सक्ने सहयोग गर्ने वाचा गर्दै यन्त्र अलि भारी भएको हुँदा स-साना केटा-केटीलाई चलाउन नदिन तथा भक्तजनले प्रयोग गर्दा सावधानीका साथ प्रयोग गर्न समेत क्लबका अध्यक्षले सल्लाह दिनु भएको थियो ।

उक्त कार्यक्रममा सुपा देउराली मन्दिर व्यवस्थापन समिति सदस्य श्री तुलका बहादुर थापा , नेपाल प्रहरी एस।आई। श्री बेगम रोका साथै क्लबका वर्ष २०२३ /२४ का अध्यक्ष सुबिन खड्का यवम उहाँको टिम र जर्मनबाट नेपाल घुम्न आएका पर्यटक क्रिस सँगै कुल १७ जनाको उपस्थिति थियो।