फागुन १४ र १५ गते सन्धिखर्क -१ को औल्लाखोला क्षेत्रमा फायरिङ हुने, हिड्डुल नगर्न सेनाको आग्रह

spot_img

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्कमा रहेको इश्वरी बक्स गुल्मद्वारा फागुन १४ र १५ गते  हवाई फायरिङ गर्ने भएको छ ।

सेनाले तालिमको सिलसिलामा सन्धिखर्क नगरपालिका १ अलुवा खोला स्थित रिपाहापाखामा सामूदायिक बनको फायरिङ रेजमा फायरिङ गर्ने भएको हो ।

सो दिन बिहान ६ बजेदेखि  बेलुका ५ बजेसम्म तोकिएको स्थानमा हिडडुल नगर्न तथा बाहिर ननिस्कन र पशु चौपायाहरुको चरण नगर्न सर्वसाधारणलाई नेपाली सेनाले आग्रह गरेको सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माधव श्रेष्ठले जानकारी दिए ।