शहिदको बलिदानीका कारण नेपालमा राजनितिक परिबर्तन सम्भब भएको हो : नेता विक (तस्बिर सहित )

spot_img

-अनिल नेपाली ,अर्घाखाँची।

सन्धिखर्क- नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँचीका ईन्चार्ज ठाकुर कुमार विक किशोरले जनयुद्धका प्रथम शहिद दिल ब रम्तेल लगायत हजारौँ शहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन्।

May be an image of 3 people, people studying, hospital and text

नेकपा माओबादी केन्द्र अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शहिद सप्ताह कार्यक्रमको शुभारम्भ गदै नेता विकले यस्तो बताउनु भएको हो ।

May be an image of 5 people, hospital and text

नेता विकले शहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नु पर्नेमा जोड दिदै वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै इतिहासमा पहिलो पटक सरकार जनता सित जोडिएको

May be an image of 5 people and text that says "realme Shot on realme 108MP 2024 02261"

उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढेको उल्लेख गर्दै अब समाजबादी क्रान्तिको यात्राको लागि सबै तयार हुनुपर्ने बताएका थिए ।

May be an image of 7 people and people studying

माओबादी केन्दले फाल्गुन १४ देखी २१ सम्म लाई शहिद सप्ताहको रुपमा मनाउदै आएको छ सप्ताह ब्यापी कार्यक्रम अन्तरगत सहिद परिवार सम्मान अन्तरक्रिया शहिद परिवार भेटघाट लगायतका कार्यक्रम रहेको जिल्ला संयोजक राजेन्द्र भुसालले बताएका छ्न ।

May be an image of 3 people, people studying, hospital and text

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य छम कुमारी खनाल , प्रदेश सचिवालय सदस्य ठाकुर सौराग ,प्रदेश सदस्य कृष्ण सारु प्रदेश सल्लाहकार सदस्य भेष बहादुर केसि , दोण प्रसाद भुसाल , डिलाराम पान्डे जिल्ला समन्वय समिति सदस्यहरु नगरकमिटी पदाधिकारी तथा सदस्यहरु विभिन्न जबस मोर्चाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

May be an image of 5 people, hospital and text

कार्यक्रम जिल्ला संयोजक राजेन्द्र भुसालको अध्यक्षता नगरकमिटी अध्यक्ष कृष्णहरि भुसालको संचालनमा सम्पन्न भएको थियो ।