अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा क्यान्सर पिडित पौडेललाई आर्थिक सहयोग (तस्बिर सहित)

spot_img

-प्रकाश बेल्वासे।

अर्घाखाँची – अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले क्यान्सर पिडित बाबुराम पौडेललाई आर्थिक सहयोग गरेको छ । संस्थाका सचिब माधब खनालको संयोजकत्वमा कोरिया बस्दै आउनुभएका जिल्लाबासिहरुले आर्थिक अभियान चलाउनु भएको थियो ।

यसरी कोरियामा कार्यरत नेपाली दाजुभाईहरुले आफु सक्दो सहयोग गरि जम्मा भएको रकम मालारानि निवासि हाल क्यान्सर अस्पताल भक्तपुरमा उपचार गराईरहनु भएका बिरामी बाबुराम पौडेललाई सहयोग गरिएको हो ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अधिवेशन फागुन २० मा - Khabar Patro

कोरियाबाट पठाएको रु १ लाख २६ हजार , संस्थाका पुर्व सल्लाहाकार तथा संरक्षक प्रकाश दाइ र संस्थाका सदस्य मनोज बेल्बासेले हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले बाबुरामजिको स्वास्थ्य अबस्थाको बारेमा पनि जानकारि लिनुभएको थियो । जस अनुसार , दुई बर्ष पहिले क्यान्सर देखिएपछि उहाँको खुट्टा काट्नु परेको र त्यसको ९ महिना पछि फेरि काछमा क्यान्सर देखिन गएपछि अप्रेसन गरिएको थियो ।

त्यसपछि पनि क्यान्सर निको नभएको हुँदा हाल भक्तपुर क्यान्सर अस्पतालमा किमियोथेरापि गराईरहनुभएको छ र सहजताको लागि नजिकै ६ हजारको रुम लिएर बस्दै आउनुभएको छ । अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले बिगतमा पनि बिरामीहरुका लागी सक्दो सहयोग गर्दै आईरहेको छ ।

 

अन्य समाचारहरु