आगोलागिबाट हुने बिपद्बबाट बच्न के गर्नेः अर्घाखाँचीमा सुरक्षाकर्मिको संयुक्त टोलीद्धारा संयुक्त अभ्यास सम्पन्न ।(तस्बिर सहित)

spot_img

-गोपाल प्रसाद भट्टराई

फागुन–१८, अर्घाखाँची।  भनिन्छ नी, बिपद् बाजा बजाएर आउँदैन ! मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।

May be an image of 6 people and text

प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ ।

May be an image of 5 people, crowd and text

यस्ता बिपद्बाट जनधनको क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र नेपाली सेना इश्वरी बक्स गुल्मको आयोजनामा सन्धिखर्कमा सुरक्षाकर्मिले कृतिम घटनाको संयुक्त अभ्यास प्रदर्शन गरेका छन् ।

May be an image of 6 people and text

बिशेषगरि गर्मि र सुख्खायाम सुरु भएसंगै आगलागीका घटनाहरु बढि हुनेभएकोले आगोलाई नियन्त्रणमा लिन के गर्ने, आगोबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार, घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो अस्पतालमा कसरी लैजाने लगायतका डेमो प्रदर्शन गरिएको छ ।

May be an image of 8 people and temple

नेपाली सेना इश्वरी बक्स गुल्मको नेतृत्वमा अर्घाखाँचीको सन्धिखर्क–८ किमडाँडा क्षेत्रमा बर्षेनी आगोलागिले सताउने भएकोले सन्धिखर्कको टुडिखेलमा नमुना किमडाँडा गाउँ र किमडाँडा सामुदायिक वन खडा गरि टुडिखेलमा आगोलागीको विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास गरिएको हो ।

May be an image of 6 people and text

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि ३ वटै सुरक्षा निकाय र नेपाल रेडक्रस अर्घाखाँचीका टोली, सन्धिखर्क नगरपालिकाको दमकल, जिल्ला अस्पताल अर्घाखाँचीको एम्बुलेन्स, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु प्रयोग गरिएको थियो ।

May be an image of 4 people and text

सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी र अनुसन्धान अर्घाखाँचीका प्रमुख, नेपाल पत्रकार

May be an image of 2 people and text

महासंघका अध्यक्ष अशोक खनाल सहितका पत्रकार, अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र सहितका व्यवसायीहरु, विभिन्न विद्यालयका विद्यार्थि सहित

May be an image of grass and text

स्थानियको समेत सहभागितामा उक्त डेमो प्रदर्शनी गरेको नेपाली सेना इश्वरी बक्स गुल्म अर्घाखाँचीका जमदार उपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

May be an image of 3 people

डेमो प्रर्दशन कार्यक्रममा बोल्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अर्घाखाँची जिल्ला विपदमा जोखिमयुक्त जिल्ला भएकोले यस्ता डेमो प्रदर्शन कार्यक्रम निकै प्रभावकारी हुने भन्दै सुरक्षा टिमलाई धन्यावाद दिनुभएको छ ।

May be an image of 3 people and grass

यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले समाजमा हुने हरेक प्रकारका विपद्मा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, सरकार, नागरिक र विपद् प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

थप तस्बिर:

May be an image of 4 people and text

कार्यक्रमको सहजीकरण तथा संचालन नेपाली सेना इश्वरी बक्स गुल्म अर्घाखाँचीका जमदार उपेन्द्र अधिकारीले गर्नुभएको थियो ।

May be an image of 2 people, grass and text

May be an image of 1 person, grass and text

May be an image of text that says "किमडाडां सासुदायिक बन"

May be an image of text

May be an image of 5 people, crowd, grass, fog and monument

May be an image of 11 people and hospital

May be an image of 2 people and crowd

May be an image of monument and text

May be an image of 6 people, fog and tree

May be an image of 7 people and fog

May be an image of 6 people

May be an image of 6 people and motorcycle

May be an image of 6 people and text