प्रधानमन्त्रीको कदमले मुलुकमा अन्योल देखियो : एकीकृत समाजवादी

पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्रीको कदम अप्रत्यासित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट नभएको भन्दै प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण दोषका आधारमा आफ्ना नीतिहरू स्पष्ट पार्ने प्रवक्ता खतिवडाले बताए ।

उनले प्रधानमन्त्रीको कदमले मुलुकमा अन्योल देखिएको बताए । -एनपी