आजको मौषम : पहाडी भेगमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

spot_img

काठमाडौं । मुलुकका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Blue Skies Sky Clean Weather Time Lapse Blue Nice Sky Stock Photo by  ©suratdetboon 318805528

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात भएको छ ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुने महाशाखाको अनुमान छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।