ग्लोबल आइएमई बैंक लिमिटेड सन्धिखर्क अर्घाखाँची शाखा द्वारा वित्तीय तथा डिजिटल साक्षरता कार्यकम सम्पन्न। (तस्बिर सहित)

spot_img

Laxman Marasini  -लक्ष्मण मरासिनी , अर्घाखाची । 

सन्धिखर्क, अर्घाखाची ।   ग्लोबल आइएमई बैंक  सन्धिखर्क शाखाको आयोजनामा सन्धिखर्कमा बित्तिय साक्षरता तथा डिजिटल् बैन्किङ्ग् सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा डिजिटल बैन्किङ्ग् सम्बन्धि जानकारिमुलक प्रशिक्षण् गराइएको थियो । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकको ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

No description available.

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

No description available.

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।