भूपु सैनिक संघ अर्घाखाँचीको अध्यक्षमा अर्याल (तस्बिर सहित)

spot_img

-बिरेन्द्र के . सी ,अर्घाखाँची ।

सन्धिखर्क – नेपाली कांग्रेस समर्थित भुतपूर्व सैनिक संघको सन्धिखर्कमा भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले इमान्दारपूर्वक कर्तव्य पालना इमान्दारीपूर्वक गर्ने संस्था सैनिक रहेको बताए । देशको सुरक्षामा बिचलित नभइकन सेवा गरेर अवकास जीवनलाई सामाजिक सेवामा लगाउनु उनले आग्रह गरे ।

कांग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले अवकासपछि भुतपूर्व सैनिकहरुले सामाजिक कामसँगै लोकतन्त्र बलियो बनाउन सधै कटिबद्ध भएर लागेकोमा प्रशंसा व्यक्त गरे । भुसालले पेन्सन बुझ्ने तम्घास जानुपर्ने समस्याबाट मुक्त गराएर सन्धिखर्कबाटै पेन्सन पाउने व्यवस्थाको लागि नेतृत्व गरेकोमा नेपाल भुतपूर्व सैनिक संघको काम महत्वपूर्ण रहेको बताए ।

अधिवेशनमा भुपु सैनिक संघका केन्द्रीय सदस्य रामबहादुर परियार, कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल, पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच भेलाले गोपालप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय भुतपूर्व सैनिक संघ अर्घाखाँचीको गठन गरेको छ ।

सदस्यमा झविन्द्र खड्का, विष्णुप्रसाद श्रेष्ठ, डिलाराम श्रेष्ठ, झविन्द्र खड्का, विनाराम चुँदाली, दधिराम सुमई, फर्शुराम पाण्डे, लोकराज खनाल, दधिराम श्रेष्ठ, धनबहादुर पाण्डे, नारायणप्रसाद श्रेष्ठ र वेदुलाल खनाल रहेका छन् ।