अनेमसंघ अर्घाखाँचीले २ जना जेष्ठ महिला सदस्यलाई सम्मान र शुभकामना आदान–प्रदान गरि मनायो ११४औं अन्तराष्ट्रिय महिला दिवस (तस्बिर सहित)

spot_img

-गोपाल प्रसाद भट्टराई, सन्धिखर्क।

फाल्गुण–२७,अर्घाखाँची –राष्ट्रिय जनमोर्चा निकट अनेमसंघ अर्घाखाँचीले २ जना जेष्ठ महिलालाई सम्मान गरेको छ । अनेमसंघमा लामो समयदेखि काम गर्दै आउनु भएका जेष्ठ महिला सदस्यद्धोय बालकुमारी ओली र सुमित्रा भाट क्षेत्रीलाई ११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अनेमसंघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

“सम्पूर्ण मुक्तिकामी महिलाहरु एक होऔं, महिला हिंसा र विभेदको बिरुद्ध संघर्ष गरौं” भन्ने मुल नाराको साथ अनेमसंघ अर्घाखाँचीले जेष्ठ महिला सदस्यलाई सम्मान र शुभकामना आदान–प्रदान गरि महिला दिवस मनाएको बताइएको छ।

सन्धिखर्क र आसपासका क्षेत्रबाट महिलाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम पन्थी, राजमो नेता पशुपती ढकाल र अन्टुक जिल्ला उपाध्यक्ष उषा बस्नेतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले अझै पनि महिला नेतृत्वलाई समाजले सहज रुपमा स्विकार गर्न नसकेको बताउनुभएको छ । नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन महिलाहरु सचेत र एकजुट हुनपर्नेमा उहाँहरुको जोड रहेको छ ।

मुलुकको नीति निर्माण र निर्णय गर्ने तहमा महिलाको प्रतिनिधित्व पछिल्लो समय तुलनात्मक रूपमा बढेको भएपनि संख्यात्मक र गुणात्मक सहभागिता बढाउन अझै चुनौतीनै रहेको वक्ताहरुको भनाई छ ।

नेतृत्वमा महिलाहरुको अर्थपुर्ण सहभागीता बढाउनका लागि राजनीति र सामाजिक क्षेत्रमा महिला सक्रिय हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ । सविंधानले नै महिलाको सहभागीता सुनिश्चित गरेको बताउँदै वक्ताहरुले अर्थपुर्ण सहभागीताको बारेमा बहस पैरवीको खाँचो औल्याउनुभएको छ । महिलाले कसैले दिए लिउँला भन्ने मानसिकताले नभएर आफ्नो क्षमताको आधारमा नेतृत्वमा जान आँट गर्नुपर्ने उहाँहरुको तर्क छ ।

अनेम संघ जिल्ला उपाध्यक्ष गिता पाण्डेको अध्यक्षता, सदस्य राधा आचार्यको स्वागत मन्तव्य र कोषाध्यक्ष मिना वि.सी.को संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल युवक संघ जिल्ला सचिवालय सदस्य रिता बन्जाडे, अनेमसंघ सन्धिखर्क नगर सदस्य शान्ता पौडेल र शारदा आचार्यको आतिथ्यता रहेको थियो।

 

अन्य समाचारहरु