

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नु परेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे । ‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नु पर्या छ’, उपसभापति वाग्लेले भने ।

बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् ।


उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए । उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता जनाए ।- एनपि









