अर्घाखाँची: लालपुर्जा वितरणमा समस्या

spot_img

-सागर महत,अर्घाखाँची।

अर्घाखाँची । अर्घाखाँचीमा ५ हजार ८८ जना भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रहेको तथ्य सार्वजनिक गरिएको छ ।

जसमध्ये भुमिहीन दलित २ सय ९६, भुमिहीन सुकुम्बासी १ सय ५०, अव्यवस्थित बसोबासी ४ हजार ६ सय ४२ रहेको राष्ट्रिय भुमि आयोगका जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै वन ऐन बाझिएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन सकेका छैनन् । जग्गा नापजाँच गर्ने, नक्सा सिट बनाउने जस्ता कार्य गरेपनि वन ऐन र भूमि सम्बन्धि ऐन बाझिँदा लालपुर्जा बनाउन र वितरण गर्न नसकिएको जिल्ला अध्यक्ष घिमिरेले जानकारी दिनुभएको हो ।