पाणिनिको अडगुरीमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना, गणतान्त्रिक सृजनशिल युवा क्लब द्वारा एकपछि अर्को युवा लक्षित कार्यक्रम संचालन ( तस्बिर सहित )

spot_img

 अर्घाखाँची डटकम ।

अडगुरी ,अर्घाखाँची । गणतान्त्रिक सृजनशिल युवा क्लब द्वारा अडगुरीमा दोस्रो वडा अध्यक्षकप भलिबल प्रतियोगिता आयोजना गरिएको युवा कल्व द्वारा सार्वजनिक सुचनामा जनाईएको छ ।

पाणिनि गाउँपालिका वडा नं ७ मा क्रियाशील गणतान्त्रिक सृजनशिल युवा क्लबको आयोजनामा संचालन हुने तयारीमा रहेको पाणिनि गाँउ पालिका स्तरीय खुल्ला भलिवल खेल प्रतियोगितामा पाणिनी गाउँपालिका वडा नं ७ वडा कार्यालयको आर्थिक सहयोग रहेको कल्वका अध्यक्ष संदीप पोखरेलले वताउनु भएको छ ।

May be an image of 9 people, speaker and motorcycle

पाणिनी गाँउ पालिका स्तरिय दोस्रो वडा अध्यक्षकप भलिबल प्रतियोगिता चैत्र १० र ११ गते पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरीको बुढाखेला मैदानमा संञ्चालन हुने आयोजकले जनाएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ७ मा आयोजित भलीवल खेलमा प्रतियोगितामा सहभागिताका जनाउने टिमलाई आधिकारिक रुपमा मिती निर्धारण गरिए वमोजिम चैत्र १० गते विहान १० वजे सम्ममा नाम दर्ता गराउन सकिने वताईएको छ ।

May be an image of text that says "दर्ता गर्ने अन्तिम मिति: २०८० चैत्र ८ गते दर्ता शुल्क: १००० पालिका स्तरिय र ५०० वडा स्तरिय YNINIQ सुजनशिल यੁवा हਾਰ पणिती- गायों्बां आयोजक: गणतान्त्रिक सजनशिल युवा क्लव प्रायोजक: पाणिनी गाऊँपालिका वडा नं ৩ अडगुरी 2 पाणिनी स्तरिय प्रथम पुरस्कार: १५,००० द्वितीय पुरस्कार: १०,००० पाणिनी ७ स्तरिय प्रथम पुरस्कार: ৩,००० द्वितीय पुरस्कार: ५,००० सम्पर्क नम्बर: ९८४९१८१२५३, ९७४८८०९३७५"

पाणिनि गाँउ पालिका वडा नं ७ मा हुने दोस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगितामा पाणिनी गाँउ पालिका स्तरिय प्रथम पुरस्कारः १५००० तथा द्वितीय पुरस्कारः १०,००० रहेको छ भने पाणिनी ७ स्तरिय प्रथम पुरस्कार: ७००० र द्वितीय पुरस्कारः ५,००० रहेको आयोजकले जनाएको छ । पाणिनि गाँउ पालिका तथा वडावाट टिम दर्ता गर्नका लागी न्यूनतम शुल्क अन्तर्गत पालिका स्तरीय १००० तथा ५०० वडा स्तरिय रहने वताईएको छ ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै राष्ट्रीय तथा अंतरराष्ट्रीय स्तरमा स्थापित गराउने उद्देश्यले आवश्यक वजेट विनियोजन गरिएको पाणिनि गाँउपालिका वडा नं ७ का अध्यक्ष गुनाखर अधिकारले वताउनु भएको छ । यस कल्वले भलिवल तथा क्रिकेट खेलको अतिरिक्त मानसिक स्वास्थ्य लगायतका क्षेत्रमा विगतका दिनमा पालिका स्तरीय कार्यक्रम पनि सम्पन्न गरि सकेको छ ।

तस्वीर : संदीप पोखरेल ,अडगुरी , अर्घाखाँची ।

May be an image of textMay be an image of 9 people, speaker and motorcycle

अन्य समाचारहरु