अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

May be an image of 6 people and street

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा बिहीवार दिउसो लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ९ राजुपानी निवासी अन्दाजी १४ वर्षिय सन्दिप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

May be an image of 6 people, tree and timber yard

उनका अनुसार मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तिमा ट्राली फुत्कीएर दुर्घटना भएको थियो ।ट्रालिमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थल मै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

अन्य समाचारहरु