अर्घाखाँचीमा दुई सय २२ जना क्षयरोग बिरामीले नियमित औषधी गर्ने : डाक्टर शाह (तस्बिर सहित)

 

spot_img

-हृदय भुसाल , अर्घाखाँची ।

अर्घाखाँची- जनस्वाथ्यका समस्याको रुपमा रहेको क्षयरोग माइक्रो ब्याक्टेरियम टयुबरक्लोसिम नामक जिवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग हो । अर्घाखाँची जिल्लाभर यो बर्षमा पुरुष १ सय ५२ र महिला ७० गरि जम्मा २ सय २२ जना संक्रमित बिरामीहरुले नियमित औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय अर्घाखाँची जनाएको छ ।

May be an image of 9 people and text

हामी क्षयरोग अन्त्य गछौँ भन्ने मुलनाराका साथ मनाउन लागिएको बिश्व क्षयरोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय अर्घाखाँची द्धारा आयोजित पत्रकार र स्वाथ्यकर्मिहरुको अन्तरकृया कार्यक्रममा बोल्दै अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डाक्टर अशोक शाहले यस्तो बताएका हुन् ।

क्षयरोग नियमित औषधी सेवन गर्दा ठिक हुने रोग भएको भन्दै कुपोषण,ध्रुम्रपान तथा सुर्तीजन्य प्रदार्थको सेवन गर्ने,मधुमेहका बिरामी,माधक प्रदार्थ सेवन गर्ने,एचआईभी संक्रमित साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु क्षयरोगको उच्च जोमिममा पर्ने डाक्टर शाहले बताए ।

May be an image of 4 people and people studying

डाक्टर शाहले भने,‘क्षयरोग भएका बिरामी खोक्दा,हाछयुँ गर्दा,हास्दा,किटाणु निरोगी मानिसको सम्पर्कमा आए सर्ने जोखिम हुन्छ,क्षयरोगबाट धेरै प्रतिशत फोक्सोलाई संक्रमण हुने गर्छ,मुटुको बाहिरी झिल्ली,मासु,आन्द«ा,जोर्नी,ढाड,मस्तिस्कमा पनि क्षयरोगले असर गर्न सक्छ,सामान्यतया ६ महिना र बिरामीको अवस्था र तौल हेरीकन औषधी सेवन गर्दा रोग ठिक हुन्छ,तौल कम हुनु,खानमा रुची कम हुनु,दुई हप्ता भन्दा वढी समय एकनासले खोकी लाग्नु ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन यस्तो भए तुरुन्त नजिकको स्वाथ्य संस्थामा पुगी स्वाथ्य परिक्षग गर्नु पर्छ’।

May be an image of 10 people, people studying, table and text

images

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले क्षयरोग दिवश अवसरमा आयोजित अन्तरकृया कार्यक्रमले क्षयरोग उन्मुलनका लागी महत्वपुर्ण भुमिका खेल्ने गरि पत्रकारहरुले समुदाय स्तर सम्म संचारका बिभिन्न माध्यमबाट सचेतनामुलक समाचार प्रकाशन प्रशारण गरी समुदायलाई मिडिया मार्फत थप सचेत गर्न सहयोग गर्नुपर्ने बताए ।

कार्यालय प्रमुख नेपालीले भने,‘क्षयरोग के हो ? कसरी सर्छ ? उपचार कसरी गरिन्छ ? औषधी सेवन कसरी गर्न सकिन्छ ? रोग लागीसकेपछि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार साथै औषधी लिन सकिन्छ ? भन्ने कुरा ग्रामिण तहका नागरिकहरुलाई समुदाय स्तरमा यस वारे जानकारी दिन पत्रकारहरुको महत्वपुर्ण भुमिका रहन्छ,गर्नु होला’।
स्वाथ्य कार्यालयका प्रमुख शिव नेपालीले जनस्वाथ्यका सवालमा स्वाथ्य कार्यालयबाट चालु आर्थिक बर्षमा ४५ कार्यक्रम भएको र ३५ कार्यक्रम कार्यान्वयमा गएको र १० कार्यक्रम कार्यन्वयन हुन बाँकी रहेको बताए ।

images

May be an image of 11 people, tree and text

नेपाल सरकारको सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने उदेश्य अनुसार अर्घाखाँचीमा पनि सोही अनुसार क्षयरोगका बिभिन्न कार्यक्रमहरु संचालन गर्ने गरि अगाडी बढेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा क्षयरोग फोकल पर्सन बिजय बिकले बताए । अझै पनि समुदाय स्तरका आम नागरिकहरु क्षयरोग परिक्षणका लागी स्वास्थ्य संस्थामा उल्लेख्य मात्रमा नगएको भन्दै सुचना अधिकारी बिकले लक्ष्य अनुसार ५३ प्रशिसत भए पनि ४७ प्रशिसत बाँकी रहेको बताए ।

images

बिकले भने,‘क्षयरोगबारे अझै पनि सचेतना कम भयो,गाउँ गाउँ,सवै ठाउमाँ यस वारे थप जानकारी दिनु आबश्यक छ,समुदाय,सरकारी स्वास्थ्य संस्था र निजी स्वास्थ्य संस्थामा परिक्षणबाट पत्ता लागेका बिरामीको संख्या हेर्दा अझै कम देखिन्छ’।

May be an image of 12 people and people studying

अन्तरकृया कार्यक्रम प्रचार प्रसारका क्षेत्रबाट र क्षयरोगका बिभिन्न अभियानमा पत्रकार र पत्रकार महासंघको सधैँ साथ सहयोग रहने नेपाल पत्रकार महासंघका सहसचिब हृदय भुसालले बताए ।

कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीको अध्यक्षता,अर्घाखाँची अस्पतालका निमित्त प्रमुख अशोक शाहको प्रमुख आथित्यता र पत्रकार महासंघ अर्घाखाँचीका सहसचिब हृदय कुमार भुसाल लगायतको आथित्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकको संचालनमा सम्पन्न भएको थियो ।

Nepal life insurance

May be an image of 9 people and text

नेपालमा नियमित औषधी खाने ९५ प्रतिशत भन्दा धेरै बिरामी निको हुने गरेको तथ्याङ्ख रहेको उतm रोग सन १८८२ मार्च २४ तारिकका दिन पत्ता लागेको क्षयरोग सोही दिन नेपालमा पनि बिभिन्न कार्यक्रम गरि क्षयरोग दिवशको रुपमा मनाउदैँ आएको छ ।

। समयमै उपचार गरेमा क्षयरोग पुर्ण रुपमा निको हुने भएकोले उपचार प्रकृृयामा जान स्वास्थ्य कार्यालय अर्घाखाँचीले अनुरोध समेत गरेको छ।