स्थापनाको ६०औँ वर्ष : हिरक महोत्सवको तिब्र तयारीमा शान्ति माबि

spot_img

-हृदय भुसाल अर्घाखाँची । 

अर्घाखाँची । बुद्धजयन्तीको अवसरमा अगामी २०८१ बैशाख ३ गतेको दिन अर्घाखाँचीको मालारानी ५ मा रहेको शान्ती माबिले स्थापना भएको ६० औँ बर्षगाठको अवसरमा हिरक महोत्सव मनाउने तयारीलाई तिव्रता दिएको छ ।

मंगरवार बिधालयमै पत्रकार सम्मेलन गरि हिरक महोत्वसवको तयारी र समग्र कार्यक्रमहरुको  बारेमा जानकारी दिएको छ । अर्घाखाँची जिल्लाको कम्प्युटर इन्जिनियरिङ्गको कक्षाहरु संचालन गर्ने एकमात्र शान्ती माबि बि.स २०१९ साल बैशाख ३ गते स्थापना भएको थियो । यसअघि बि.स २०४४ सालमा रजत महोत्सव, बि.स २०६९ सालनमा स्वर्ण महोत्सव मनाएको बिधायलयले बैशाख ३ गतेको दिन हिरक महोत्सव मनाउने तिव्र तयारी अगाडी बढाएको छ ।

बिधालयले हिरक महोत्वसलाई भब्य,सभ्य र ऐतिहासिक बनाउनका लागी बिभिन्न खालका उपसमितीहरुको निमार्ण,बिभिन्न चरणका अन्तरकृया,भेटघाट,हिरक स्मारिक प्रकाशन समिती,तथ्याङ्ग संकलन समिती,बृत्तचित्र प्रकाशन समिती,सल्लाहकार समिती,खेलकुद समितीहरु निमार्ण भएको र  आबश्यकताका आधारमा अन्य समितीहरु समेत बनाउने बिधालयका प्रधानध्यापक मान बहादुर पाण्डेले पत्रकार सम्मेलनमा बताए ।

२०७६ सालदेखी कम्प्युटर इन्जिनियरिङ्ग संचालन गरेको बिधालयले प्रधानध्यापक पाण्डेका अनुसार कम्प्युटर इन्जियनियरिङ्ग कक्षा १२ को पहिलो ब्याजको बोर्ड परिक्षामा संलग्न सवै ३६ जना बिधार्थीहरु उच्च ग्रेड सहित सफलता प्रात्त गरेका थिए भने हाल सम्म एसइई मा १८ सय २२ जना उर्तिण भएको र प्लसल टु शिक्षा संकाय तर्फ ४७० जना र ब्यवस्थापन तर्फ २३३ जनाले उर्तिण गरि देश बिदेशमा प्रतिष्ठित ब्यक्तीहरु समेत बिधालयले उत्पादन गरिसकेको बताए ।

मालारानी ५ का वाड अध्यक्ष तुल्सीराम मिश्रले हिरक महोत्सव समारोहलाई सफल पार्न मन,बचन,कर्म र आर्थिक हिसावले समेत सवैलाई सहयोग गर्न आग्रह गर्दै बिगतको समिक्षा,बर्तमानको काम र भावी योजनाहरु निमार्ण गरी बिधालय अगाडी बढ्ने बताए । वाड अध्यक्ष मिश्रले भने,‘महोत्वसको खर्च करिब ४० लाखको मापन गरेका छौँ,आबश्यक बजेट ब्यवस्थापनका लागी लागेका छौँ,सवैले सहयोग गर्न आग्रह गर्छु,बिधालयको सिकाई उपलब्धीलाई बृद्धि गर्ने तर्फ पनि हाम्रो बिशेष ध्यान गएको छ,आगामी दिनमा अग्रेजी माध्यमको पढाईलाई पनि थप ब्यवस्थित गर्न हामी सवै प्रतिबद्ध छौँ’।

मालारानीपालिकाको सामाजिक बिकास समितीका सभापति समेत रहेका मिश्रले बिधालयको नियमित अनुगमनलाई ब्यवस्थित गर्न स्रोत ब्यक्तिको  ब्यवस्थापन साथै परिक्षा प्रणालीलाई ब्यवस्थित गर्न लागेको भन्दै प्राबिधीक धारका बिधालयहरुको ब्यवस्थापनका हिसाबले चुनौतीपुर्ण रहेको सरोकारवाला सवैले गंभिर रुपममा समिक्षा गरि अगाडी बढ्नु पर्ने बताए ।

हिरक महोत्वसलाई सफल र भब्य बनाउन प्रचार प्रसार मिडिया र पत्रकार महासंघको तर्फबाट सधैँ साथ सहयोग रहने पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।
हिरक महोत्सवलाई सफल पार्न पुर्व बिधार्थीहरु पनि बिशेष योजनाका साथ सक्रियता पुर्वक लागीरहेको पुर्व बिधार्थी समाजका अध्यक्ष नारायण भुसालले बताए ।

जिल्लाका कृयाशिल पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको पत्रकार सम्मेलन बिधालयका प्रधानध्यापक मान बहादुर पाण्डेको अध्यक्षता वाड अध्यक्ष तुल्सीराम मिश्रको प्रमुख आथित्यता सहायक प्रधानध्यापक तारा प्रसाद भुसालको स्वागत मन्तब्य र शिक्षक माधव पन्थीको संचालनमा सम्पन्न भएको थियो ।