निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्‍न काठमाडौँ महानगरको निर्देशन

spot_img

काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।

महानगरभित्र सञ्चालित नेपालीपन झल्कने नाम नभएका निजी विद्यालयलाई एक महिनाभित्रमा नाम परिवर्तन गरी महानगरपालिकाको वेबसाइटमा अपलोड गरिदिन महानगरले आग्रह गरेको छ ।

 

विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेस गर्न महानगरका शिक्षा विभाग प्रमुख सरस्वती पोख्रेलले बताएकी छन् ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन नाम झल्कने हुनुपर्ने उल्लेख छ ।