राष्ट्रीय जनमोर्चा महिला नेत्री देवकला राउतको निधनमा राजमो अर्घाखाँचीद्वारा शोकसभा सम्पन्न । ( तस्बिर सहित )

spot_img

-सन्तोष सुनार ,अर्घाखाँची डट्कम ।

सन्धिखर्क – सन्धिखर्क नगरपालिका वाड ९ तेर्सो चौर गर्लाम निवासी रास्ट्रीय जनमोर्चाका नेता दामोदर राउतको धर्म पत्नी ,पशुपति राउत, बिमला राउत, सबिता राउतकी ममतामयी आमा तथा गोमा राउतको सासु आमा राष्ट्रीय जनमोर्चाका सदस्य महिला नेता देवकला (सारदा) राउतको  २०८० चैत्र १० गते ६४ वर्षको उमेरमा निधन भएको थियो।

स्वर्गीय देवकला निधन भएको सातौं दिनको अवसर पारेर राष्ट्रीय जनमोर्चाका विभिन्न समिति र जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु उहाँकै निवासमा पुगि स्वर्गीय  देवकला प्रती श्रद्धाञ्जली तथा दु:ख प्रकट गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गरेका छन ।

समवेदना दिनेहरुमा जिल्ला अध्यक्ष थम्मन केसि,नेकपा मसालका पुर्व प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य,राजमो जिल्ला सदस्य रुद्र प्रसाद पराजुली,विशाल खड्का,मित्रलाल आचार्य,पोम नारायण पौडेल,राजमो सनपा ९ का  अध्यक्ष अम्मर कार्की,सनपा दशका अध्यक्ष ठाकुर प्रसाद आचार्य, राजमो नेता

बामदेव आचार्य,कमला खड्का,लक्ष्मी अधिकारी,युवक संघ जिल्ला सदस्य सन्तोष सुनार र राजमो महिला नेता सीता आचार्य रहनु भएको छ।

स्वर्गीय देवकलाको फोटोमा अविर फुल अर्पण गर्दै म्र्तक आत्माको चिर शान्तीको कामना सहित शोकमा एक मिनेट मौन धारण गरिएको थियो।