नागरिक उन्मुक्तिको बैठकमा रन्जिता र रेशम पक्षबीच कुटाकुट

spot_img

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बैठकमा दुई पक्षबीच कुटाकुट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरी पक्षका नेताहरुबीच कुटाकुट भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा कुटाकुटको भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्यहरु टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको ती नेताले बताए ।

अध्यक्ष श्रेष्ठ सरकारमा जाने पक्षमा छिन् भने संरक्षक चौधरी पक्षमा सरकारमा जान नहुने पक्षमा रहेका छन् ।

सोही विवादका कारण पति‍‍-पत्निबीच समेत दुरी बढेको छ ।