बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

spot_img

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल (Salikram Jamarkattel) ले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा उनको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले मतदान गरेका हुन् ।

११० सदस्य रहेको प्रदेश सभामा उनको पक्षमा ५६ सांसदले मतदान गरेका थिए । २ जना सांसद रहेको हाम्रो नेपाली पार्टीकी सरिता खड्गी भने बैठकमा अनुपस्थित रहिन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक सोमबार विश्वासको मत लिएका हुन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री जम्मकट्टेलको विपक्षमा मत हालेको थियो । कांग्रेसका ३७ सांसद् छन् ।

यथास्थितिमा मुख्यमन्त्री जम्मेकट्टेललाई विश्वासको मत नदिने बताएको एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री र बागमतीमा आलोपालो सरकारको नेतृत्व दिने पाउने सहमतिपछि पक्षमा मतदान गरेको थियो ।

१३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेका थिए ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि गत वर्ष कै चैत्र १० गते पुनः दोश्रो पटक विश्वासको मत लिएका थिए । -एनपि