कांग्रेसले आज पनि टुंग्याउन सकेन उपनिर्वाचनका उम्मेदवार

spot_img

काठमाडौं । उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको बैठक दोस्रो दिन पनि नष्कर्षविहीन बनेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक उम्मेदवारको टुंगो लगाउन असफल भएको छ ।

बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि उम्मेदवार चयनको विषय कांग्रेसमा पेचिलो बनेको छ । यसअघि मंगलबार पनि उम्मेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबीच ‘नोकझोक’ को स्थिति सिर्जना भएको थियो ।

कांग्रेसमा इलाम–२ को उम्मेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवा डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडान लिइरहेका छन् । तर, संस्थापन इतर पक्ष भने भेषराज आचार्यको पक्षमा छ ।