आन्तरिक पर्यटन प्रर्बद्धनका लागी:साथी सहकारीद्धारा भ्रमण (तस्बिर सहित)

spot_img

अर्घाखाँची ।

अर्घाखाँची- शनिवार बिहान चुत्रावेसीबाट नाचँगान सहित आन्तरिक पर्यटन प्रर्वद्धन अभियानमा निस्केको साथी सहकारीका पदाधिकारी,शेयर सदस्य,सहित पत्रकारको टिमले नाँचगाँच,धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको अध्ययन,अवलोकन,प्रकृतीको मनोरम दृश्यहरुमा रम्दै,फोटा सेशन,बिभिन्न मन्दिरहरुमा दर्शन,जनप्रतिनिधी संघ भेटघाट,स्थानिय परिकारकै खाना, स्थानिय पर्यटकिय तथा धार्मिक स्थलका समिती संग भेट तथा स्वागत गरि उत्साहपुर्वक आन्तरिक भ्रमण गरेको छ ।

May be an image of 4 people and temple

आन्तरिक पर्यटन पर्वद्धनका लागी घुमौँ अर्घाखाँची भन्ने मुख्य नाराका साथ साथी बचत तथा ऋण सहकारी संस्था निमिटेड सन्धिखर्कले साथी सामिप्यता कार्यक्रम अन्तरगत अर्घाखाँची जिल्लाका सन्धिखर्क,मालारानी र छत्रदेव गाउँपालिकाका केही धार्मिक तथा पर्र्यटकिय गन्तब्यहरुमा शनिवार आन्तरिक भ्रमण गरेको हो ।

सहकारीले सन्धिखर्क नगरपालिका वडा नं ११ मा रहेको रक गार्डेन,मालारानी मन्दिर,संगै रहेको मनचिन्ते पानी,छत्रमहाराज मन्दिर,बलकोट पौवा,संगै पथुरा गोपेश्वर पिठ लयायतका स्थानहरुमा आन्तरिक भ्रमण गरेको सहकारीले जनाएको छ ।

May be an image of one or more people and people smiling

नेपाल पत्रकार महासंघ अर्घाखाँची द्धारा संचालन गरिएको आर्थिक बिकास,पर्यटन प्रबर्द्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रबर्द्धन अभियानको ऐक्यवद्धताका लागी जिल्लाको आन्तरिक भ्रमण गरिएको संस्थाका अध्यक्ष प्रकाश भुसालले बताए ।

अध्यक्ष भुसालले भने,‘शेयर सदस्यहरुको लागी हामीहरुले नियमित भ्रमण गर्ने गरेका थियौ,तर यस बर्ष हामीहरुले जिल्ला वाहिर नभई पत्रकार महासंघको महा अभियानमा हाम्रो ऐक्यवद्धता स्वरुप जिल्ला भित्र नै भ्रमण गरेका हौँ,फरक र नौलो भएको छ ,बिगतका बर्षहरुमा भन्दा यस बर्षको भ्रमण रमाईलो र उपलब्धीमुलक भएको महसुस हामीहरुले गरेका छौँ,आगामी दिनमा थप ब्यवस्थित रुपमा जिल्लाका अन्य पर्यटकिय गन्तब्यहरुमा समेत थप भ्रमण गर्ने योजना बनाएका छौँ ।

May be an image of one or more people

बि.स २०६९ सालमा स्थापना भएको सहकारीले बिभिन्न सामाजिक कार्यमा समेत काम गर्दे आएको छ ।साथी सहकारी जिललाको नमुना सहकारि मध्येको एक महत्त्वपूर्ण सहकारी हो । साथी सहकारीमा ३५ सय भन्दा वढी शेयर सदस्य २५ करोड भन्दा माथी पुजीँ १० वटा बिभिन्न उपसमिती भएको सहकारीले बिभिन्न कार्यक्रम अन्तरगत आज सहकारीको आन्तरिक भ्रमण गरेको संस्थाका उपाध्यक्ष रुद्र श्रेष्ठले बताए ।

पत्रकारको अभियानले ब्यापकता पाए संगै छत्रदेवमा आई बिभिन्न गन्तब्यमा भ्रमण गरेकोमा साथी सहकारीलाई धन्यवाद दिदै यस्तो अभियानलाई निरन्तर रुपमा चलाउनु पर्ने छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

May be an image of 8 people and temple

अध्यक्ष श्रेष्ठले भने,‘केही दिन अगाडी हाम्रो पर्यटकिय स्थलहरुमा आयर पत्रकारहरुले ब्यवस्थित रुपमा प्रचार गर्नु भयो,त्यसपछि केही फरक पर्न गयौँ,आज यती धेरै आउनु भो,खुसी लाग्यो मलाई पनि तपाईहरुले नाच्ने नै बनाउनु भयो,जिल्लाको बिकासमा सवै मिलेर अगाडी बढ्नु पर्छ’।

यति ठुलो संख्यामा पर्यटन प्रर्वद्धनका लागी मेरो वडाको बलकोट पौवामा आउनु भएका साथीहरुलाई स्वागत गर्न पाउदाँ निकै खुसी लागेको छत्रदेव गाउँपालिका वडा न २ का अध्यक्ष शंकर पाण्डेले बताए ।

May be an image of one or more people and people smiling

साथी सहकारीले पत्रकार महासंघको अभियानलाई बलियो साथ दिएको भन्दै आगामी दिनमा पनि थप बलियो सहकार्य गरेर अगाडी बढ्ने नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

अध्यक्ष खनालले भने,‘हामीहरु बिगत ६ महिना देखी बिभिन्न कार्यक्रम मार्फत पर्यटन प्रर्वद्धन अभियानमा लागेका छौँ,हामीहरुलाई कुनै स्वार्थ छैन्,जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक बिकासमा थोरै भए पनि टेवा पुग्छ कि भनेर लागेका छौं,सकरात्मक सोँचका साथ एक आपसमा सहयोग गरि,जिल्लाको बिकासमा अगाडी बढौँ’।

बलकोट पौवामा आई यसको महत्व र ऐतिहासिकतालाई थप बल पुग्ने गरि गर्नु भएको भ्रमणले समितीलाई पनि थप हौसला र उर्जा मिलेको समितीका अध्यक्ष राजेश पन्थीले बताए ।

पत्रकार महासंघले संचालन गरेको अभियान निकै राम्रो भएको भन्दै यसरी मालारानी मन्दिरमा सवैलाई स्वागत गर्न पाउँदा निकै खुसी लागीको मन्दिर ब्यवस्थापन समितीका उपाध्यक्ष लोक बहादुर बिसीले बताए । बास्तवमै पत्रकार महासंघले संचालन गरेको अभियानमा सवैले साथ दिई अगाडी बढेमा जिल्लाको आर्थिक बिकास गर्न टेवा पुग्ने भ्रमणमा रहेका साथी सहकारीका सदस्य कृष्ण आचार्यले बताए ।

सहकारीका आफनै मुल्य मान्यता र सिद्धान्तहरु रहेका छन् । खुल्ला तथा ऐच्छिक सदस्य,सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण,सदस्यहरुको आर्थिक सहभागीता,स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सुचना,सहकारी बिचको पारस्पारिक सहयोग र समुदायप्रति चासोँ सहकारीका सात सिद्धान्त को सातौँ सिद्धान्त लाई अगिंकार गरी आज भ्रमण गरिएको सहकारी संस्थाले जनाएको छ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"