शान्ति मा.वि.हिरक महोत्सव : पूर्व लुम्बिनी प्रदेश सभासद निर्मला क्षेत्रीद्वारा सेवा क्षेत्र स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन(तस्बिर सहित)

spot_img

-रिपोटर्स नेपाल ।

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका ५ आरुखोर स्थित शान्ति मा.वि. को हिरक महोत्सव आगामी बैशाख ३ गते हुदैछ । कार्यक्रमको पूर्व सन्ध्या चैत्र २६ गते देखि शुरु भएको छ । विद्यालयको आन्तरिक खेलहरु मध्ये मंगलवार भलिबल सन्चालन भएको छ ।

२७ गते वडा स्तरीय र साविक अर्घा ३ सहितको (सेवा क्षेत्र स्तरीय) भलिबलको उद्घाटन पूर्व लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शान्ति माध्यमिक विद्यालय देशकै नमूना विद्यालयको रुपमा स्थापित होस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बिद्यालयको उन्नति र विकासको निम्ति आफु जहिले पनि साथमा रहेको बताउनुभयो ।

पुर्व सचेतक समेत रहनुभएकी क्षेत्रीले समाज एकताको निम्ति खेलकुदले निकै महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै विद्यालयहरूमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा यसले व्यक्तिमा आपसी सम्बन्ध सुमधुर बनाउन र पारस्परिकता कायम गर्न सहयोग गर्ने जनाउनुभयो ।

नेता क्षेत्रीले खेलकुद प्रतियोगिताहरुबाट व्यक्तिमा सक्रियता बढ्ने हुँदा यस्ता कार्यक्रम सम्पन्न गर्नका लागि आफू निष्पक्ष भएर साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री, नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व सचिव लोकेन्द्र बिश्वकर्मा, अर्घाखाँची डट कमका  पुर्व सम्पादक सन्तोष केसी, समाजसेवी चन्द्र टण्डन लगायतको उपस्थिति रहेको थियो ।

विदयालय प्रधानाध्यापक मान बहादुर पाण्डेले बैशाख ३ गते हुने शान्ति मा.वि. को हिरक महोत्सवमा प्रधानमन्त्रीलाई बोलाउन पहल भैरहेको बताउनुभएको छ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"