नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न ।(तस्बिर सहित)

spot_img

-सागर परियार।

अर्घाखाँची । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती अर्घाखाँचीको आयोजनामा नव बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यू्िनष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर कुमार वि.कले जनताका काम छिटो छरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिलाउने गरि काम गर्न कर्मचारी हरुलाई आग्रह गर्नु भएको छ ।

May be an image of 5 people, people studying and text

क्यालेण्डरको बिमोचन सगै वि.कले नव बर्ष २०८१ को शुभकामना दिदै जनताको सेवामा निजामती कर्मचारीहरुले अझ शसक्त भइ काम गर्नेमा आफुले बिश्वास लिएको बताउनु भयो ।

May be an image of 6 people, people studying and text

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष यादव सापकोटाले कर्मचारी संगठन सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निष्पक्ष ढंगबाट सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।

May be an image of 11 people and text

images

कर्मचारीहरुको हकहितको निम्ति सदैव नेपाल राष्ट्रिय कर्मचारी संगठन तत्पर रहेको बताउदै कर्मचारी लाई आई पर्ने समस्या समधान गर्न सगठन सधै लागि रहेको जिकिर गर्नु भयो ।

May be an image of 8 people, people studying, tree and text

images

कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद सापकोटाको अध्यक्षता,दुर्गा बहादुर वि.कको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यू्िनष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इज्चार्ज ठाकुर कुमार कि.क, केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारी, जिल्ला संयोजक राजेन्द्र भुसाल, सचिवालय सदस्य ठाकुर सौराग आर्दश ,सल्लाकार परिषद सदस्य भेष बहादुर के.सी लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

images

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"