भ्रष्टाचारलाई नियन्त्रण गर्न ५ सय र १ हजारको नोट खारेज गर्नुपर्छ: नेपाल उद्योग वाणिज्य महासंघ महासचिव पराजुली (तस्बिर सहित)

spot_img

– गोपालप्रसाद भट्टराई।

अर्घाखाँची – नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नेपालको भ्रष्टाचारलाई नियन्त्रण गर्न ५ सय र १ हजारको नोट खारेज गर्नुपर्ने बताउनुभएको छ ।

व्यक्तिसंग १४ /१५ खर्ब पैसा निस्क्रिय रुपमा डम्पिङ्ग भएको दाबी गर्दै महासचिव पराजुलीले सु–शासन कायम राख्न र भ्रष्टाचारको निराकरण गर्न ५ सय र १ हजार रुपैंयाको नोट खारेज गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

May be an image of 4 people and text

नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशको नवौं बैठक तथा वि.सं.२०८१ सालको भित्तेपात्रो बिमोचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

May be an image of 4 people and text

लथालिंग भएको आर्थिक अवस्था उकास्न प्रचण्ड नेतृत्वको सरकारको प्रयास प्रशंसनिय भएपनि प्रयाप्त नभएको उहाँको तर्क छ । “चुलिएको आर्थिक संकट प्रचण्डले सरकार सम्हाल्न थालेपछि सहि दिशामा हिडेको छ।

May be an image of 3 people and text

”महासचिव पराजुलीले भन्नुभयो,“मुलुकको आर्थिक समृद्धिको निम्ती निजि क्षेत्रसंग साँझेदारी गर्ने, एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने, बन्द रहेका रुग्ण उद्योग संचालन गर्ने र नेपालको उत्पादनले थेगेसम्म आयात प्रतिबन्ध लगाउने जस्ता कार्य सरकारले गर्न जरुरी छ ।”

May be an image of 7 people and text

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर कुमार वि.क.किशोरले स्वरोजगार र आत्मनिर्भर बन्ने अनि बनाउने लक्ष्यका साथ अगाडि बढ्न महासंघलाई आग्रह गर्नुभएको छ ।

May be an image of 9 people and text

देशको राजनितिक स्थिरता र उतार–चढाबले भनेजस्तो काम गर्न नसकेपनि मुलुकको समृद्धिको निम्ती माओवादी नेतृत्वको सरकार र प्रधानमन्त्री प्रचण्डको खटाई प्रशंसनिय रहेको नेता किशोरको दाबी छ ।

May be an image of 4 people and text

अर्का केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारीले भ्रष्टाचार र राष्ट्रघातका बिरुद्ध सम्झौताहिन संघर्ष गरि आर्थिक समृद्धिको बाटोमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

May be an image of 4 people and text

देशको आर्थिक मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको हितमा आफुहरु रहेको बताउँदै नेतृ चिनारीले गुणस्तरिय उत्पादन र उपभोगमा ध्यान दिनपनि सचेत गराउनुभएको छ ।

May be an image of 5 people and text

नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष गुप्त बहादुर रानाको अध्यक्षता, प्रदेश सदस्य तथा अर्घाखाँची अध्यक्ष तारा बहादुर सुनारको स्वागत मन्तव्य र प्रदेश महासचिव तारा कुमारी रोकायको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रेडियो,टेलिभिजन समन्वय समितिका केन्द्रिय सदस्य श्याम घिमिरे र पत्रकार महासंघ अर्घाखाँची सदस्य गोपालप्रसाद भट्टराईले पनि मन्तव्य राख्नुभएको थियो ।

May be an image of 4 people

कार्यक्रममा बोल्दै पत्रकारद्वोय घिमिरे र भट्टराईले अर्घाखाँचीमा पत्रकार महासंघले संचालन गरेको प्रर्यटन प्रर्बद्धन अभियानकै समयमा नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशले अर्घाखाँचीलाई बैठक स्थल छनौंट गरेकोमा आयोजकलाई धन्यवाद दिनु भएको छ ।

May be an image of 7 people, people smiling and text

कार्यक्रममा सहभागि प्रदेश तथा जिल्लाका पदाधिकारीहरु घुम्न जाउँ अर्घाखाँची नामक गितमा नांचेर रमाइलो समेत गरेका थिए ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"