


दाङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।


आज (बिहीबार) दाङको घोराहीमा आयोजित नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिने दावी गरे ।

– एनपि














