रञ्जिताले रेशम पक्षका मुख्यमन्त्रीका दाबेदार घनश्याम चौधरीलाई गरिन् निलम्बन

spot_img

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेकी छन् । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै घनश्यामलाई तीन महिनासम्मका लागि निलम्बन गरिएको पत्र सभाभुख भीमबहादुर भण्डारीलाई बुझाइएको छ ।

nilamban

घनश्यामलाई रेशम चौधरी पक्षले मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लगभग निश्चित जस्तै छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद बढेको हो ।

अध्यक्ष श्रेष्ठ कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा छिन् । केही समयअघिसम्म दलका नेता रहेका घनश्यामलाई हटाएर उनले कैलाशलाई दलको नेता बनाउने निर्णय गरेकी थिइन् ।
na