नेपालमा श्रमको उचित मुल्य नहुँदा युवा शक्तिहरु बिदेश पलायन भए : मुख्य मन्त्री महरा (तस्बिर सहित)

spot_img

-हृदय भुसाल अर्घाखाँची ।

बागी,मालारानी – नेपालमा श्रम अनुसारको मुल्य नभएको कारण युवा शक्तिहरु बिदेश पलायन् भएको लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोख बहादुर महराले बताए । उत्पादन र स्वरोजगार मुखी प्राबिधिक सिप सहितको ब्यवहारिक शिक्षाका साथै श्रम अनुसारको आकर्षक श्रमको मुल्य भए बिदेश पलायन आफै रोकिने मुख्य मन्त्री महराले बताएका छन् ।  लुम्बिनी प्रदेशका मुख्य मन्त्री महराले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न ५ बागी मा रहेको शान्ती माबिको हिरक महोत्वसलाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।

May be an image of 6 people and text

मुख्य मन्त्री महराले भने,‘हाम्रो श्रमको मुल्य यहाँ निकै सस्तो छ,मानिसहरुले हरेक बस्तु वा सेवाको मुल्य जहाँ धेरै छ,त्यही बिक्री गर्दछ,नेपाली श्रमिकहरुले आफ्नो श्रमलाई उचित मुल्यमा बेच्न विदेशीएका हुन्,अब हावादारी कुरा मात्र देश चल्दैन्,हामीहरुले यो देशमा श्रमको उचित मुल्य बनाउन सके स्वदेशी युवाहरु आफै देशमा फर्कने छन्,स्वदेशी मात्र होईन,बिदेशी पनि यहाँ आउछन्, अब गालीले मात्र देश चल्दैन्,बिवेकका साथ अगाडी बढ्न सक्नु पर्छ’।

May be an image of 5 people and text that says "हा"

गाउँ गाउँमा बिधालय क्याम्पस हुदाँ हुदै पनि असहज परिस्थिती बावजुत पनि मानिसहरु शहरमा शिक्षाको खोजीमा लागी हिडेका छन्,अव हामीहरुले हाम्रो पठनपाठन र कृयाकलापलाई प्राबिधिमैत्री सिपमुलक र उत्पादन संग जोड्ने खालको शिप सहितको शिक्षा दिन जरुरी छ,अब शिक्षकहरु पनि प्रबिधी संगसंगै अगाडी बढ्न सक्नुपर्छ जसरि ईन्जिनियर,डक्टरहरुले प्रबिधि संगै अगाडी बढेका छन् शिक्षकहरु पनि त्यसैगरि अगाडी बढ्न जरुरी छ, अव बिधाथीहरुलाई प्रोत्साहित गरेर अगाडी बढौँ त्यसका लागी बिधालयको उचित ब्यवस्थापन जरुरी छ, शिक्षक बिधार्थी,अभिभावक सवै सरोकावालाले बिशेष ध्यान दिनुपर्छ मुख्य मन्त्री महराले भने’।

desktop-image

मुख्य मन्त्री महराले परिस्थिती अनुहार अगाडी वढ्पर्ने भन्दै भने,‘हाम्रा धेरै मान्छेहरु बजार केन्द्रित भएका छन् । शहरमा हामीहरुले पठायौँकी,हिजो र आजको परिस्थिती बदलिएको छ,उत्पादन सम्बन्ध फेरिएका छन्,उत्पादन प्रणाली फेरीएका छन्,मान्छेको जिवनस्तर फेरिएको छ,हिजो कसैलाई खान पुगेन भनि रातारात बोकेर ल्याईन्थौँ तर आज परिस्थीती फरक छ,हिजो हामीहरु बस्तु विनीमय गरि जिवन चलाएका थियौँ,तर आज अनलाईन बाट संवै काम हुन थालेको छ,समयको गति संगै हिड्नु पर्छ’। २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा हामीहरुले उत्पादन गरेको जनशक्ति दक्ष र बिश्व बजारमा बिक्ने खालको उत्पादन गर्न सक्नुपर्छ यदि त्यसो गर्न नसके हाम्रा क्याम्पस,बिधालयहरु अव बेरोजगार उत्पादन गर्ने शिक्षालय मात्र हुने मुख्य महराले मन्त्री महराले ठोकुवा गरे ।

May be an image of 4 people and text

शिक्षालाई ब्यवहारिक बैज्ञानिक शिक्षा बनाउन लाग्नु पर्ने भन्दै शिक्षालाई युग परिबर्तन संगै नयाँ तरिकाले श्रृजनशिल र रचनात्मक तवरले अगाडी बढाउनु पर्ने पुर्व राज्य मन्त्री तथा प्रतिनिधी सभा सदस्य शुशिला श्रीपालीले बताईन् ।

प्रतिनिधी सभा सदस्य श्रीपालीले भनिन,‘शिक्षा निती,प्रणालीलाई बदल्नु पर्ने हुन्छ,अव शिक्षालाई सिप संग जोड्न सक्नु पर्छ आज सरकारी बिधालयमा पढ्ने बिधार्थीहरु कमजोर हुन्छन् भन्ने गलत भास्यको अन्त्य गर्न जरुरी छ,सवै सरोकारवाला जवाफदेही भएर आगाडी बढनुपर्छ’।

May be an image of 2 people and text

बिधालयको भौतिक पुर्वाधार निमार्णमा कसैले चिन्ता गर्न नपर्ने भन्दै शिक्षाको गुणस्तर बिकासका साथै परिणाम देखिने गरि सवै लाग्नु पर्ने लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले बताए ।

मन्त्री आचार्यले भने,‘बिगतमा मलाई निर्वाचित गरेर पठाउनु भयो,अहिले तपाईहरुका कारणले म आज मन्त्री भए,तपाईहरुको धेरै आकांच्छाहरु छन्,धेरै आशा छन् म तपाईहरुलाई बिश्वास दिलाउन चाहान्छु, हिजका दिनहरुमा हामीहरु बिकास निमार्णका सवालमा सवै राजनैतिक दल,जनप्रतिनिधीहरु मिलेर जनताका माग र आवश्यकतालाई पुरा गर्न लाग्यौँ त्यसैगरि आजपनि संघ, प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधीहरु मिली,जनचाहाना अनुसार कामहरू अगाडी बढाउने छौँ,मेरो पद सवैको साझा पद हो,सोही अनुसार म अगाडी बढ्ने छु’मुख्य मन्त्री र म हिजोका दिनमा पनि परामर्श गरेर अगाडी बढेका थियौँ ,आज पनि अर्घाखाँची जिल्लाको बिकास र समृद्धिका लागी कुनै कमि हुन दिने छैनौँ’।

May be an image of 4 people and text

आर्थिक तथा सामाजिक बिकास संगै शिक्षालाई उत्पादन र स्वरोजगारीमुखी बनाउनु पर्ने भन्दै सवै सरोकारवालाहरुले शिक्षाको शैशिक गुणस्तर बिकासमा सवैले ध्यान दिनुपर्ने प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले बताईन् । सांसद रायमाझीले भनिन,‘समय बद्लिएको छ,समय अनुसार हाम्रा कार्यभार र कृयाकलाप पनि बदल्नुपर्छ,बिज्ञान र प्रबिधीको युग सुहाउदैँ शिक्षाको बिकासका लागी हामी अगाडी बढ्नु पर्छ’।

शिक्षाको बिकास संगै आर्थिक बिकासका लागी अर्घाखाँची जिल्ला पर्यटकिय हिसावले प्रचुर सम्भावना भएको जिल्ला हुदाँ पत्रकार महासंघले अभियान चालेकोले सवैले साथ दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

अर्घाखाँची जिल्लाको कम्प्युटर इन्जिनियरिङ्गको कक्षाहरु संचालन गर्ने एकमात्र शान्ती माबि बि.स २०१९ साल बैशाक ३ गते स्थापना हो । यसअघि बि.स २०४४ सालमा रजत महोत्सव, बि.स २०६९ सालनमा स्वर्ण महोत्सव अहिले २०८१ सालमा हिरक महोत्वसब मनाएको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष अध्यक्ष चन्द्र बहादुर खड्का उज्वलले बताए ।

May be an image of 1 person and text

२०७६ सालदेखी कम्प्युटर इन्जिनियरिङ्ग संचालन गरेको बिधालयले कम्प्युटर इन्जियनियरिङ्ग कक्षा १२ को पहिलो ब्याजको बोर्ड परिक्षामा संलग्न सवै ३६ जना बिधार्थीहरु उच्च ग्रेड सहित सफलता प्राप्त गरेका थिए भने हाल सम्म एसइई मा १८ सय २२ जना उर्तिण भएको र प्लस टु शिक्षा संकाय तर्फ ४७० जना र ब्यवस्थापन तर्फ २३३ जनाले उर्तिण गरि देश बिदेशमा प्रतिष्ठित ब्यक्तिहरु समेत बिधालयले उत्पादन गरिसकेको प्रधानध्यापक मान बहादुर पाण्डेले बताए ।

हिरक महोत्वसको अवसरमा सोही बिधालयमा अध्ययन गरि बिधावारिधी हासिल गरेको पुर्व बिधार्थीहरु साथै बिधालयलाई बिभिन्न तवरले सहयोग गर्ने हरुलाई सम्मान,मायाँको चिनो समेत प्रदान गरिएको वडा अध्यक्ष तथा बिब्यस सदस्य तिलक मिश्रले बताए ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई उपाध्यक्ष दिपा पोख्रेल सहित बिभिन्न राजनैतिक दल जनप्रतिनिधी पुर्व बिधार्थी समाजसेवी,शिक्षा प्रेमी जग्गादाता चंन्दा दाताहरुले समेत शुभकामना ब्यक्त गरेका थिए ।

हिरक महोत्सव पुर्व राष्ट्रिय सभा सदस्य तथा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर खड्का अध्यक्षता वडा अध्यक्ष तिलक मिश्रको स्वागत मन्तब्य,बिधालयका प्रधानध्यापक मान बहादुर पाण्डेको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत तथा शिक्षक माधव पन्थी र बसन्त खड्को संचालनमा सम्पन्न भएको थियो ।

बुद्धजयन्तीको अवसरमा सोमबार शान्ती माबिले बिधालय स्थापना भएको ६० औँ बर्षगाठको अवसरमा बाजाँ गाजा रर्याली साथै राष्ट्रिय कलाकार बिष्णु खत्री,मोहित मुनालको भब्य प्रस्तुती सहित हिरक महोत्सव मनाएको हो ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"