बिपतको पुर्व तयारी गर्न सरकारलाई राष्ट्रिय जनमोर्चाको आग्रह

-गोपालप्रसाद भट्टराई

अर्घाखाँची- अर्घाखाँचीमा प्रत्येक बर्ष आगलागी र बन डढेलोका कारण बर्सेनि करोडौंको क्षति हुने भन्दै राष्ट्रिय जनमोर्चाले बिपतको पुर्व तयारी गर्न सरकारलाई आग्रह गरेको छ । घटना भएपछि राहत भन्दा बिपत्ति हुन नदिनु बैज्ञानिक हुने भन्दै राजमोले बिपतको पुर्व तयारी गर्न बिज्ञप्ती मार्फत आग्रह गरेको हो ।

जिल्लामा बैशाखपछिको आगलागीले मानव जीवन थप प्रभावित भएको बताउदै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले आगलागीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

गत बैशाख ८ गते भूमिकास्थान-३ र ४ धारापानीका विभिन्न स्थान, पाणिनी-३ खिदिम, शितगङ्गा नगरपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट दर्जनौं घर र गोठ जलेर नष्ट हुनुका साथै केहि पशुचौपाया समेत आगोले जलेर मरेका छन् । अध्यक्ष के.सी.द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । उक्त घटनाले हामीलाई दु:खि बनाएको छ ।

लामो खडेरी, हिउदे बर्षा समयमा नहुनु,सुख्खापन,गर्मी र हावाहुरी बढ्नुले डढेलो र आगलागीका घटनामा वृद्धि भएपनी यसमा मानवीय त्रुटि पनि देखिएको भन्दै अध्यक्ष के.सी.ले डढेलो लाउनेको पहिचान गरि कार्बाहिको दायरामा ल्याउन माग गर्नुभएको छ ।

मानव मात्र नभै प्रकृतिमा रहेका सबै प्राणीको जीवन संकटमा पार्नेगरी लागेको डढेलो र आगलागी नियन्त्रणमा लिन, पीडितको उद्दार, व्यवस्थापन, राहत र सहयोगको लागी तत्काल आवश्यक कदम चाल्नपनी सरकार सहित सरोकारवालालाई राजमो अर्घाखाँचीको आग्रह छ ।

बिज्ञप्ती: 

 

अन्य समाचारहरु