कमला मा.वी पालीमा ३२ बर्षको शिक्षक सेवाबाट निबृत्त शिक्षक ईन्द्रमणी खनालको बिदाइ

-बिनोद श्रेष्ठ , अर्घाखाची ड्टकम ।

पाली,अर्घाखाँची –  अर्घाखाँची जिल्ला पाणिनि गाउँपालीका  वडा न ७ पालीमा अवस्थित श्री  कमला माबि मा बिगत ३२ बर्ष देखी अध्यापन गराउदै आउनु भएका शिक्षक ईन्द्रमणी खनालाई शिक्षक सेबा निबृत हुनु भएकोमा बिधालय परिवारले सेवा निबृत्त जिवनको शुभकामना  ब्यक्त गरेको छ ।

आफ्नो जिवनको ३२ बर्षको शिक्षण सेवा पूरा गरि यस श्री कमला माध्यमिक विद्यालय पाणिनि गाउँपालिका-८ पाली अर्घाखाँचीमा २०५२ सालदेखि अनवरत रूपमा शिक्षण गर्दै आउनुभएको निमाबि द्वितीय श्रेणी शिक्षक तथा बौद्धिक, समाजसेवी, मिलनसार एवम् सालिन व्यक्तित्व इन्द्रमणी खनाल सेवा निबृत हुनु भएको छ ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर तथा पठनपाठनमा उत्तकृष्ट स्थान हासिल गर्न सफल हुनु भएकोमा विद्यालय परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

साथै अब आउने दिनमा कुशल नेतृत्व क्षमता सरको समाज सेवामा समर्पित होस् साथै आफ्नो व्यक्तिगत जिवनमा सधैं खुसि, सुस्वास्थ्य हुदै यस विद्यालयको सर्वाङ्गिण विकासमा यहाँका पाइलाहरु अनवरत रुपमा सक्रिय हुने सुभेक्षाका साथ पुनः समृद्ध जिवनको कामना गर्दै सेवा निबृत जिवनको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

– श्री कमला माध्यमिक विद्यालय पाणिनि गाउँपालिका -८ पाली अर्घाखाँची विद्यालय परिवार 

 

थप तस्बिर :  

अन्य समाचारहरु